काँग्रेसद्वारा केन्द्रीय अनुशासन समिति गठन

काठमाडौं–कांग्रेस केन्द्रीय कार्यसमितिको सोमबार बसेको बैठकले केन्द्रीय अनुशासन समिति गठन गरेको छ ।

पार्टीको विधान, २०१७ (संशोधित र परिमार्जित) को धारा ३४ (७) अनुसार सर्वसम्मतिले समिति गठन गरिएको काँग्रेसले जनाएको छ ।
समितिको संयोजक भीष्मराज आङ्दम्वे रहेका छन् भने सदस्यहरु किशोरसिंह राठौर र  देवेन्द्रराज कँडेल रहेका छन् ।
बाँकी सदस्य पछि थप गरिने काँग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

आजको बैठकमा केन्द्रीय सदस्यहरु— बालकृष्ण खाँण, रमेश रिजाल, फरमूल्लाह मंसुर, मानबहादुर विश्वकर्मा, भीष्मराज आङ्दम्वे, अजयकुमार चौरिसिया, शंकर भण्डारी, ईश्वरी न्यौपाने, मोहनबहादुर बस्नेत र बीरबहादुर बलायरले आ–आफ्नो धारणा राखेको पौडेलले जानकारी दिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?