अवैध हातहतियार बुझाउन आग्रह

भोजपुर । जिल्ला प्रशासन कार्यालय भोजपुरले अवैधरूपमा राखिएका हातहतियार सरकारलाई बुझाउन आदेश गरेको छ ।

समयावधिभित्र हतियार नबुझाएमा अवैध हातहतियार तथा खरखजनासम्बन्धी प्रचलित मुद्दा चलाउने कार्यालयले जनाएको छ । 

कानूनबमोजिम लिनुपर्ने इजाजत नलिएको, इजाजतपत्र नवीकरण नगराएको, इजाजतपत्र प्राप्त व्यक्तिको मृत्युपश्चात् हकवालको नाममा नामसारी नगराएको वा अन्य व्यक्तिले पनि हातहतियार तथा खरखजना राखेको भएमा तोकिएको समयमै त्यस्ता सामान बुझाउन कार्यालयले सुचना जारी गरेको हो । 

सहायक प्रमुख जिल्ला अधिकारी उपेन्द्र न्यौपानेले नजिकको प्रहरी चौकी, जिल्ला प्रहरी कार्यालय वा नेपाली सेनाको ब्यारेकमा अनिवार्यरूपमा विनाअनुमति राखिएका हतियार बुझाउन आग्रह गरे ।

नेपाल सरकारको फागुन २८ गतेको निर्णयानुसार ३५ दिनभित्र अवैधरूपमा राखिएका हातहतियार सरकारलाई बुझाए कारवाही नगरिने उनले बताए । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?