पूर्वडीआईजी थापा संघीय समाजवादी फोरममा प्रवेश

काठमाडौं । नेपाल प्रहरीकी पूर्वडीआईजी पार्वती थापा औपचारिक रुपमै संघीय समाजवादी फोरम प्रवेश गरेकी छिन् । 

प्रहरी सेवाबाट बिदा लिएपछि थापा  राजनीतिमा लागेकी हुन्  । 

पार्टी प्रवेश गरेकी थापालाई कुन जिम्मेवारी दिइएको छ भन्नेबारे भने फोरमले केही बताएको छैन । केही दिन पहिले फोरम नेपालका अध्यक्ष एवं उपप्रधानमन्त्री तथा स्वास्थ्य जनसंख्या मन्त्री उपेन्द्र यादव चितवन गएको बेला उनलाई पार्टीमा प्रवेश गराइएको थियो । 

नायब प्रहरी महानिरीक्षकबाट अवकाश पाएकी थापा नेपाल प्रहरीको इतिहासमा महानिरीक्षकको योग्यता पु-याउने पहिलो महिला हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?