चैत ५ गतेका १८ ट्रेन्डिङ समाचार, दुनियाँमा दिनभर के भयो ? एक क्लिकमा थाहा पाउनुहोस्

WWW.LOKPATH.COM अनलाईन न्यूज पोर्टलमा तपाईंलाई हार्दिक स्वागत छ । आज मिति २०७५ साल चैत ५  गते देश दुनियाँमा के–के घटना भए  ? जान्नको लागि तलको लिंकमा क्लिक गर्नुहोस् र ५ मिनेटमा थाहा पाउनुहोस् देशभर भएका घटनाहरुमध्ये ट्रेन्डिङमा रहेको १८ घटनाहरु । यूट्युवमा गएर LOKPATH TV  टाईप गरी हाम्रा सम्पूर्ण समाचार मूलक, जानकारी मूलक मनोरञ्जनात्मक भिडियोहरु हेर्न सक्नुहुन्छ । अन्तमा LOKPATH TV  लाई सब्स्क्राईब गर्न नबिर्सनुहोस् । 

 

1. प्रचण्डलाई 'टेररिस्ट' भन्दै कसले गर्‍यो उजुरी दर्ता  :  अमेरिकामा पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डविरुद्ध उजुरी दर्ता भएको छ । पत्नी सिता दाहालको उपचारका लागि अमेरिकामै रहेको बेला उनीविरुद्ध केनटुकी स्टेट युनिभर्सिटीमा कार्यरत तिलक श्रेष्ठले बाल्टीमोरस्थित संघीय व्युरोमा उजुरी दर्ता गराएका हुन् । 

2. सप्तरीका व्यापारी अपहरण गर्न खोज्ने दुई आरोपित पक्राउ :  सप्तरीका एक व्यापारीको अपहरण गर्न खोज्ने दुई आरोपितलाई प्रहरीले पक्राउ गरी आज अपहरण तथा शरीर बन्धक मुद्दामा कारवाही थालेको छ । सप्तरीको डाकनेश्वरी नगरपालिका १ का ३२ वर्षीय मो जियाउल हकको अपहरण प्रयास गरेको आरोपमा सोही ठाउँका ५१ वर्षीय मलाबकस मियाँ र ५० वर्षीय रासलाल साहलाई पक्राउ गरी कारवाही थालिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 

3. नेदरल्यान्ड्स प्रहरीद्वारा ट्रामका शंकास्पद आक्रमणकारी पक्राउ :  नेदरल्यान्ड्स प्रहरीले उट्रेख्ट शहरमा रोकिराखेको ट्राममा अन्धाधुन्ध गोली चलाएर तीन जनाको हत्या गरेको आशंकामा एक जना मुख्य आक्रमणकारीलाई पक्राउ गरेको छ । टर्की मुलका ती अधवैंशे व्यक्तिले आतङ्कवादी आक्रमण गरेको आशंकामा छानबिन थालिएको प्रहरीको भनाई छ । 

4. जर्मनीद्वारा फाइभ–जी नेटवर्कको फ्रिक्वेन्सी लिलामी :  जर्मनीले अति तीव्र गतिको पाँचौं पुस्ताको दूरसञ्चार नेटवर्क ९फाइभ–जी० को फ्रिक्वेन्सी लिलामीमा राखेको जनाएको छ । सरकारी अधिकारीहरुले उक्त फ्रिक्वेन्सी खरिदमा राखेका शर्तहरु तथा चीनको हुवावे कम्पनीले उपकरण आपूर्ति गर्न पाउने वा नपाउने भन्ने बारेमा स्पष्ट नपारेको भन्दै कम्पनीहरुले विवाद खडा गरेका छन् । 

5. होली विशेष सुरक्षा योजना, चेकपोइन्टदेखि मोबाइल गस्तीसम्म :  होली पर्वलाई लक्षित गरेर काठमाडौं प्रहरी परिसरले विशेष सुरक्षा योजना लागू गरेको छ । जिल्ला सुरक्षा समितिको बैठकले इच्छा विपरित रंग वा लोला हाने पक्राउ गरेर मुद्दा चलाउने तयारीसहित सुरक्षा योजना लागू  गरेको हो । 

6. बर्डफ्लु  सङक्रमण  – आसपास क्षेत्रमा उच्च सतर्कता :  काठमाडौंका केही कुखुरा फार्ममा बर्डफ्लुको सङक्रमण देखापरेपछि उच्च सतर्कता अपनाइने भएको छ । बर्डफ्लु रोग नियन्त्रणसम्बन्धमा बसेको नगरस्तरीय बैठकले यस्तो निर्णय गरेको हो । 

7. ७ महिनामा १४ वटा हिमाल आरोहण गर्ने योजना :  निर्मल पूर्जाले विश्वका ८ हजार मिटर उचाइभन्दा माथिका  १४ वटा हिमाल ७ महिनामा आरोहण गरेर विश्व कीर्तिमानी कायम गर्ने लक्ष्य राखेका छन् । आज९मंगलवार० आयोजना गरिएको पत्रकार सम्मेलनमार्फत् उनले उक्त जानकारी दिएका हुन् ।

8. न्युजील्याण्डकी प्रधानमन्त्रीको संसदमा भावुक सम्बोधन, गोली प्रहार गर्नेको नाम नलिन आग्रह :  न्युजील्याण्डका प्रधानमन्त्री जाकिन्दा आर्डेनले गोली प्रहार गर्ने व्यक्तिहरुको नाम नलिन आग्रह गरेकी छिन् । गत शुक्रबार  क्राइस्टचर्चस्थित दुई मस्जिदमा गोली प्रहार भएको थियो । उत्त। आक्रमणमा ५० जनाको मृत्यु भएको छ । 

 

9. महिला साफ फुटबल  गोल भन्दा उत्कृष्ट प्रर्दशन गर्ने लक्ष्य – प्रशिक्षक खड्का :  नेपाली टिमका मुख्य प्रशिक्षक हरि खड्काले श्रीलंकाविरुद्धको खेलमा उत्कृष्ट प्रर्दशन गर्ने बताएका छन् । नेपाली महिला टिमले भोली ‘बुधवार’ साफ च्याम्पियनसिपको सेमिफाइनलमा समूह ‘बी’को उपविजेता श्रीलंकासँग खेल खेल्दैछ । 

10. राष्ट्रियसभा बैठक  विज्ञापन नियमन गर्ने विधेयकमाथि छलफल :  विज्ञापन व्यवसायलाई मापदण्ड बनाई नियमन गर्ने र विज्ञापनको स्पष्ट नीति बनाई करको दायरामा ल्याउने उद्देश्यले बनाइएको विधेयकमाथि दफाबार छलफल भएको थियो । राष्ट्रियसभाको विधायन व्यवस्थापन समितिमा सो ‘विज्ञापन (नियमन गर्ने) विधेयक–२०७५’ माथि छलफल भएको हो । 

 

11. जनमत पार्टीद्वारा लाहानमा प्रदर्शन, नागरिक अभिनन्दन गर्ने कार्यक्रम स्थगित :  सीके राउत नेतृत्वको नव गठित जनमत पार्टीले लाहानमा आज प्रदर्शन गरेको छ । सरकारसँग ११ बुंँदै सम्झौतालाई ऐतिहासिक सफलता मान्दै राउतलाई नागरिक अभिनन्दन गर्ने कार्यक्रम तय भएपनि प्रदर्शन मात्र गरिएको हो ।

 

12. अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैध सुनसहित ४ जना पक्राउ :  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैध सुनसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।विमानस्थलबाट अवैध रुपमा सुन संकलन गरी लैजान लागेको करिब १० लाख १५ हजार १ सय मूल्य बराबरको सुनसहित प्रहरीले सोमवार दिउँसो दुई जनालाई पक्राउ गरेको हो । 

13. कुवेतविरुद्ध मैत्रीपूर्ण खेल खेल्ने नेपाली टोलीको बिदाई :  कुवेतविरुद्ध अन्तर्राष्ट्रिय मैत्रीपुर्ण खेल खेल्ने नेपाली पुरुष राष्ट्रिय फुटबल टोलीलाई मंगलवार बिदाई गरिएको छ । कुवेतसँगको दुई मैत्रीपूर्ण खेलका लागि २४ सदस्यीय नेपाली टोली मंगलवारै कुवेत प्रस्थान गरेको हो । 

14. एसइई परिक्षामा सिन्धुलीबाट  साढे पाँच हजार परीक्षार्थी सहभागी हुने :  यही चैत १० गतेदेखि शुरु हुनलागेको माध्यमिक शिक्षा परीक्षा, २०७५ एसइई मा सिन्धुलीमा पाँच हजार ६ सय २० परीक्षार्थी सहभागी हुने भएका छन् ।नियमिततर्फ पाँच हजार ४ सय ८४, विसं २०७४ को ग्रेड वृद्धितर्फ ८६, २०७३ भन्दा अघिका ५० ले ग्रेड वृद्धिका लागि परीक्षा दिने शिक्षा विकास तथा समन्वय एकाइ सिन्धुलीका शाखा अधिकृत नेत्र गजुरेलले जानकारी दिए ।

 

15. १५ तस्वीरमा हेर्नुहोस् होलीमय काठमाडौं :  हिन्दुहरुको विशेष पर्व होली अर्थात फागु पूर्णिमा भोली ‘बुधवार’ मनाइदै छ । नेपालको पछाडी र हिमाली क्षेत्रमा मात्र बुधवार होली खेलिन्छ । त्यस्तै तराईमा भने ठिक त्यसको एक दिन पछि खेल्ने चलन रहेको छ । 

16. सीके राउत नेतृत्वको ‘जनमत पार्टी’ले होलीपछि दल दर्ता गर्ने :  सीके राउत नेतृत्वको नयाँ पार्टी ‘जनतम पार्टी’ ले निर्वाचन आयोगमा दल दर्ता प्रक्रिया शुरु गरेको जनाएको छ । सिरहाको लाहानमा दुई दिन चलेको राष्ट्रिय परिषद्को बैठकले सीके राउत नेतृत्वमा नयाँ पार्टी गठन गरेको हो ।  

17. होलीको मौलिक संस्कृतिमाथि ‘ओभरल्याप’, डिजेवाला’ गीतले परम्परा नै धरापमा :  ‘होलीले रंगायो यो मेरो नयाँ चोली, होली हो होली, फागु हो फागु’ लगायतको सदाबहार नेपाली गीत अहिले रेडियोमा मात्र हैन् टेलिभिजनमा पनि बज्न थालिसकेको छ ।भोली ‘बुधवार’ धुमधामका साथ मनाइन लागेको होलीलाई लक्षित गर्दै काठमाडौंको प्राय सबै रेस्टुरेन्टले होली विशेष कार्यक्रमहरुको पनि आयोजना गर्दैछ । 

 

18. निर्मला पन्त हत्या प्रकरणमा बर्खास्त भएका पूर्वएसपी विष्ट अदालतमा हाजिर :  नेपाल प्रहरीका एसपी डिल्लीराज विष्ट अदालतमा हाजिर भएका छन् । निर्मला पन्त हत्या प्रकरणमा बर्खास्तमा भएका एसपी विष्ट मंगलबार बिहान जिल्ला अदालत कञ्चनपुरमा हाजिर भएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?