काभ्रेमा विप्लव समूहमाथि प्रहरीले गोली चलायो

काठमाडौं– विप्लव समूहका कार्यकर्ता पक्राउ गर्न प्रहरीले काभ्रेमा गोली चलाएको छ । हाल विप्लव समूह सरकारको प्रतिबन्धमा रहेको छ ।
महानगरीय अपराध महाशाखाको टोलीले विप्लवका कार्यकर्तामाथि मंगलबार राती काभ्रेको रोशी गाउँपालिकामा गोली चलाएको हो ।
महानगरीय अपराध महाशाखाका एसपी केदार ढकालले विप्लवका कार्यकर्तालाई नियन्त्रणमा लिने क्रममा गोली चलाइएको बताए ।  घटनाबारे थप विवरण आउने क्रममा रहेको छ। 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?