काङ्ग्रेस कोषाध्यक्षहरूको सम्मेलन पोखरामा तय

पोखरा–नेपाली काङ्ग्रेसका जिल्ला कोषाध्यक्षहरूको राष्ट्रिय कार्य समितिको तेस्रो राष्ट्रिय सम्मेलन यही चैतको अन्तिम साता पोखरामा हुने भएको छ ।

सम्मेलनबारे जानकारी दिन आज  आयोजित पत्रकार सम्मेलनमा राष्ट्रिय कार्यसमितिका अध्यक्ष गोविन्द पुडासैनीले पार्टीको आर्थिक स्रोतलाई सुदृढ, समृद्ध, पारदर्शी, जवाफदेही एवं पार्टीलाई नवजीवन दिन सम्मेलनले योगदान दिने बताए ।

सम्मेलनले पार्टीको गुट उपगुट अन्त्य गरी एक भएर अघि बढ्न सुझाव दिने तथा सदस्यता वितरण तल्लो तहदेखि सिफारिसका आधारमा पारदर्शी र वैज्ञानिक तवरले वितरण गर्न सहयोग पु¥याउने उनले बताए ।
कार्यसमितिका महासचिव लक्ष्मी पाण्डेका अनुसार सम्मेलनले विदेश पलायन युवालाई स्वदेशमा नै रोजगार व्यवस्था गर्न पार्टीमार्फत सरकारलाई दबाब दिने छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?