राजपा अध्यक्ष मण्डलको संयोजकमा शरदसिंह भण्डारी

काठमाडौं । राष्ट्रिय जनता पार्टी (राजपा) नेपालमा शरदसिंह भण्डारी अध्यक्ष मण्डलको संयोजक बनेका छन् । 

राजपामा यसअघि संयोजक महेन्द्र राय यादवको दुई महिने कार्यकाल सोमवार सकिएपछि राजपाको नयाँ नेतृत्व भण्डारीले पाएका हुन् ।

भण्डारीलाई निवर्तमान संयोजक यादवले आज (बुधवार) नेतृत्व हस्तान्तरण गरेका हुन् । 

राजपामा संयोजक दुई–दुई महिनामा फेर्ने प्रावधान छ । 

रापजामा स्थापनादेखि अहिलेसम्म महन्थ ठाकुर, राजेन्द्र महतो र महेन्द्र राय यादव अध्यक्ष मण्डलको संयोजक भइसेका छन् । 

भण्डारीपछि अनिल झा र राजकिशोर यादव संयोजक बन्ने छन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?