मुलुकलाई दीर्घकालिन द्वन्द्वमा फसाउन सरकार आफैँ अग्रसर : राजपा

काठमाडौं । राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले मुलुकलाई दीर्घकालिन द्वन्द्वमा फसाउन सरकार आफैँ लागि परेको बताएको छ । 

मंगलवार राति अबेरसम्म बसेको राजपा अध्यक्ष मण्डलको बैठकले मुलुकलाई दीर्घकालिन द्वन्द्वमा फसाउन सरकार आफै लागि परेको राजपाको निष्कर्ष निकालेको हो । 

राजपाले सरकारकालाई राजनीतिक मुद्दाको समाधान राजनीतिक स्तरबाटै गर्नुपर्ने समेत बताएको छ । 

यसैगरी राजपाले अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोको नेतृत्वमा वार्ता समिति गठन गरेको छ । 

पहिचान, अधिकार र सम्मानका लागि संघर्षरत विचार मिल्ने अधिकारवादी एवं पहिचानवादी पार्टी, संगठन एवं समूहलाई एकता, मोर्चा र सहकार्यका लागि आह्वान समेत गरेको छ । 

साथै संयोजक महेन्द्र यादवको नेतृत्वमा पार्टीले ५ सदस्यीय प्रदेश सरकार संयोजन समिति गठन गर्ने निर्णय गरेको छ । 

समितिले राजपा नेपाल समेतको सहभागिताको प्रदेश २ सरकार र सरकारी निकायसँगको सहकार्यमा सहजता प्रदान गर्नुको साथै फागुन मसान्तसम्मका लागि तोकिएको सदस्यता वितरणको म्याद लम्ब्याएको छ । 

सदस्यत वितरणको म्याद राजपाले चैत १५ गतेसम्म वितरण गर्ने जनाएको छ ।   
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?