कांग्रेस कोषाध्यक्षहरुको राष्ट्रिय सम्मेलन चैत अन्तिम साता पोखरामा हुने

काठमाडौं । नेपाली कांग्रेसको जिल्ला कोषाध्यक्षहरुको राष्ट्रिय कार्य समितिको तेस्रो राष्ट्रिय सम्मेलन चैत अन्तिम साता पोखरामा हुने भएको छ । 

राष्ट्रिय कार्य समितिको तेस्रो राष्ट्रिय सम्मेलनको पार्टी सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलले उद्घाटन गर्नु भएका छन् । 

राष्ट्रिय कार्यसमितिका अध्यक्ष गोविन्द पुडासैनीका अनुसार सम्मेलन पार्टीको आर्थिक स्रोतलाई सुदृढ, समृद्ध, पारदर्शी, जवाफदेही एवं पार्टीलाई नवजीवन दिने विषयमा केन्द्रित हुने बताए । 

साथै सम्मेलनले विदेश पलायन युवालाई स्वदेशमा नै रोजगार व्यवस्था गर्न पार्टीमार्फत सरकारलाई दबाब दिने समेत कार्यसमितिका महासचिव लक्ष्मी पाण्डेले बताए ।  

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?