कोरियन भाषा परीक्षाको आवेदन फारम भोलिदेखि खुल्ने

काठमाडौं । कोरियन भाषा परीक्षाको आवेदन फारम भोलि (शुक्रवार)देखि खुल्ला हुने भएको छ । 

रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत सन् २०२० को कोरियन भाषा परीक्षाको आवेदन फारम खुल्ने भएको हो । ईपीएस परीक्षाको आवेदन फारम यही चैत १७ गतेसम्म भर्न सकिनेछ । 

१८ वर्ष पूरा भइ ३९ वर्ष ननाघेका व्यक्तिले कोरियन भाषा परीक्षाका लागि आवेदन दिन सक्नेछन् । 

फारम भने अनलाइनबाटै भर्न सकिनेछ । यसका लागि बैंकमा रकम तिर्न लाइन नबस्न वैदेशिक रोजगार विभाग अन्तरर्गतको ईपीएस कोरिया शाखाले सुझाव दिएको छ ।यसवर्षबाट आईएमई–पे र ई–सेवाबाट पनि २४ डलर बराबरको शुल्क भुक्तानी गर्न सकिने छ । 

यो वर्षको परीक्षा २०७६ सालको जेठ २५ र २६ गते हुनेछ भने परीक्षाको नतिजा असार १३ गते प्रकाशित हुनेछ ।

आगामी वर्षका लागि कोरियाले १० हजार ५० नेपाली कामदारको कोटा दिएको छ । उत्पादनमुलक क्षेत्रमा ७ हजार ५० र कृषि क्षेत्रमा ३ हजार नेपाली लैजाने तयारी छ । एक व्यक्तिले एउटा क्षेत्रमा मात्रै आवेदन दिन पाउनेछ । 

अनलाई आवेदन फारम भर्न  eoers.epsnepal.gov.np जानुपर्ने छ । फारम भरेपछि परीक्षार्थीको इमेलमा प्रवेशपत्र आउनेछ । साथै प्रवेशपत्रलाई रंगीन प्रिन्ट गर्नुपर्ने हुन्छ । र परीक्षा दिन जाँदा लिदै जानुपर्छ ।  
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?