काँग्रेस नेता सिटौला हेम्स अस्पतालको आईसीयूमा भर्ना

काठमाडौं– काँग्रेस पूर्वमहामन्त्री कृष्ण प्रसाद सिटौला अस्वस्थ भएका छन् ।  स्वास्थ्यमा समस्या देखिएपछि उनलाई शुक्रबार मण्डिखाटारस्थित हेम्स अस्पतालमा भर्ना गरिएको छ ।
काँग्रेस नेता भीमसेनदास प्रधानले सिटौला अस्पताल भर्ना भएको जानकारी दिए ।  उनका अनुसार सिटौलाको हेम्स अस्पतालको आईसीयूमा राखेर उपचार भइरहेको छ । उनीमा हेमोग्लाबिनको कमी देखिएको र थप रिपोट आउने क्रममा रहेको बताइएको छ। 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?