एकीकरणपछि प्रक्रियागत रुपमा सरकार छाड्छौं : संघीय फोरम

काठमाडौं । राष्ट्रिय जनता पार्टी (नेपाल)ले अघि सारेको शर्तलाई संघीय समाजवादी फोरमले सकारात्मक रुपमा लिएको छ । राजपाले वार्ता र एकताका लागि सकारात्मक भए सरकार छाड्नुपर्ने शर्त फोरम सामु राखेको थियो । 

तर, पछिल्लो समय राजपाले फोरम सरकारमा रहेसम्म वार्ता हुन नसकस्ने बताएको थियो ।

योसँगै राजपा र संघीय फोरमले एकता प्रक्रियालाई तीव्र बनाएको छ । पार्टी एकताको लागि दुवै पार्टीले वार्ता समितिसमेत गठन गरिसकेका छन् । 

राजपा महासचिव केशव झाका अनुसार फोरमले एकीकरणपछि प्रक्रियागत रुपमा सरकार छाड्ने जनाएको छ, यसका लागि दुवै पार्टीले थप छलफल गरेर अघि बढ्ने सहमति भएको छ । 

राजपाले पार्टी एकताका लागि अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोको संयोजकत्वमा वार्ता समिति गठन गरेको छ । वार्ता टोलिका सदस्यहरुमा वृषेशचन्द्र लाल, रमेश यादव, सुनिल रोहित र केशव झा रहेका छन् ।

त्यस्तै फोरम नेपालले भने गत मंसिर २३ गते केन्द्रीय समितिको बैठकबाट पार्टीका उपाध्यक्ष राजेन्द्र श्रेष्ठको संयोजकत्वमा वार्ता समिति गठन गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?