करिश्मा मानन्धर एसईई परीक्षामा सहभागी

काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसईई)मा नायिका करिश्मा मानन्धर सहभागी भएकी छिन् । विजय स्मारक मावि डिल्लीबजार केन्द्रबाट एसईई परीक्षा दिइरहेकी मानन्धर त्रिवेणी पब्लिक बोर्डिङ स्कुल मैतीदेवीकी विद्यार्थी हुन् ।

१४ वर्षको उमेरमा ७ कक्षा पढ्दापढ्दै पढाइ छोडेर फिल्मी क्षेत्रमा आएकी उनी पछिल्लो समय नयाँ शक्ति पार्टीमार्फत राजनीतिमा लागेपछि उनलाई पढाइको अभाव खट्कियो ।

त्यसपछि उनी मैतीदेवीस्थित त्रिवेणी स्कुलमा ८ कक्षा भर्ना भएर पढ्न थालेकी हुन् । 

उमेरले उनी अहिले ४५ वर्ष पुगेकी छन् ।

यस वर्षको एसईई परीक्षामा देशभरबाट ४ लाख ७५ हजार परीक्षार्थी सहभागी भएका छन् । 

तीमध्ये दुई लाख ३६ हजार ४ सय ४५ छात्र र २ लाख ३८ हजार ५ सय ५८ छात्रा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?