पुष्प व्यवसायबाट मनग्ये कमाई, पुष्प मेलामा जे देखियो

३० वर्ष अगाडी पुष्प व्यवसाय शुरु गरेकी थिइन् प्रदिप खड्काकी आमा राधिका खड्काले । 

आफ्नो देवरबाट पुष्प वयवसायसम्बन्धि सिकेकी राधिकाले आफ्नै व्यवासाय शुरु गरेको तीन दशक पुरा भइसकेको छ । 

आफ्नो आमाको व्यवसायीलाई निरन्तरता दिएका हुन् प्रदिपले । उनको खड्का नर्सरीमा नेपालमा पाइने ९० प्रतिशत प्रजातीका बोट विरुवाहरु छन् । 

“ठ्याक्कै भन्दा २००० भन्दा माथिको बोट विरुवाहरु हामीसँग छ” , प्रदिपले भने “रुख र फुल गरी ।” 

पाँच सात वर्ष अगाडी नेपालमै विरुवा हुने भएपनि पछिल्लो समय भने बाहिरबाहिरबाट आयात गर्नुपर्ने उनले दुखेसो पोखे । 

पहिला बिउ हुने भएपनि अहिलेचाहि जरा सहित आउँछ प्रदिपले भने । 

पहिलाको भन्दा बजार पनि राम्रो भएकोमा उनी दङ्ग छन् ।

“बजार एकदमै राम्रो छ पहिलाको तुलनामा , डिमाण्ड पनि धेरै छ ।” प्रदिपले भने, “डिमाण्ड अनुसारको सप्लाई भने हामीले गर्न सकेका छैनौं ।”

पुष्प मेलामा पनि उनको स्टल धेरै वर्ष देखि छ  । तुलनात्मक रुपमा पनि अघिल्ला वर्षहरुको भन्दा यो वर्ष मानिसहरुको फोल्व राम्रो भएको उनले सुनाए । 

शरु भएको दिन अर्थात् शुक्रवार भने खासै मानिसहरु नभएको भएतापनि शनिवार भने उल्लेखनीय र उत्साहजनक रुपमा मानिसहरुको सहभागिता रहेको प्रदिपले बताए ।

 
प्लास्टिकको फूलहरुको व्यापार केही समय अघि राम्रो भएको भएपनि उहिले सक्कली पूmलहरुको व्यापार फस्टाउदै गएकाले पनि आफ्नो व्यवसायबाट उनी खुसी छन् । 

आफ्नो काम प्रति गर्व गर्दै उनले भने, “घर राम्रो देखिन्छ, सजिलो र सफा हुने भएकाले पनि मानिसहरु पहिलो रोजाईमा प्लास्टिकको फूलहरु पर्ने गर्थे ।”

तर अहिले मानिसहरुपनि सचेत हुन थालेका प्रदिपको ठम्याई छ । 

अयोजकले पार्किङको राम्रो व्यवस्था गर्न नसकेकाले पनि ग्राहकहरु कम भएको उनले गुनासो पोखे तर पुष्प मेलाले  आफ्नो नर्सरीको प्रमोसन, विज्ञापन र फूलको विरुवाको पनि व्यापार राम्रो भएकाले उनी खुशी छन्  । 

आयोजक फ्रिकल्चर एशोसीयसन नेपालका महासचिव विश्वमनी  पोखरेलले आफ्नो आयोजनाको आशा पुरा भएको दावी गरे । 

“५० हजारलाई हामीले टार्गेट गरेका थियौं  र हामी खुसी छौं हामी सफल भएका छौं,” पोखरेलले भने । 

आयोजनामा यो पटक केही कमजोरी भएको भएपनि अर्को वर्षबाट थप व्यवस्थीत बनाउने प्रतिबद्धता आयोजकको छ ।  

यो पटक मेला र प्रर्दशन जुधेकोले पनि पार्किङमा समस्या  भएको र गुनासो आएको स्वीकार गर्दै उनले अबको वर्षबाट यो सबै कम हुने समेत दावी गरे । 

व्यपार र अवलोकनको हिसावले पनि यो वर्ष निकै सफल र उत्साहजनक रहेको उनको तर्क छ । 

मेला अवलोकन गर्न आउने केहीले फूलहरु अत्याधीक महङ्गो भएको गुनासो गरिरहेका थिए भने ति मध्ये धेरै सन्तुष्ट देखिन्थे । 

उत्साहजनक सहभागिता र कारोबार गर्दै तीन दिनको पुष्प मेला आज सकिँदै छ ।  

‘स्वच्छ वातावरण तथा आर्थिक समृद्धिका लागि पुष्प व्यवसाय’ भन्ने मूल नाराका साथ फ्लोरिकल्चर एशोसिएशन नेपाल र भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले  संयुक्त आयोजना गरेको थियो । 

 फूल मेलामा मौसमी फूल, आलंकारीक बोट विरुवा, कट फ्लावर, ट्राइफ्लावर, सुनाखरी, कम्पोष्ट मल, फूलको गानो बीउबिजन, ग्रीनहाउस, कृषि औजार, उपकरण प्याकेजिङ, सामग्री, सुक्ष्म तथा थोपा सिँचाइ, आधुनिक र जैविक विषादी गरी ४८ बिक्री कक्ष छन् । 

मेलामा करिव ५० हजारले अवलोकन गर्ने तथा ६० लाख बराबरको आर्थिक कारोबार हुने अपेक्षा गरिएको थियो । 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?