यस्तो छ राष्ट्रियसभा तेस्रो अधिवेशनको इतिवृत्ति

काठमाडौँ– राष्ट्रियसभाको तेस्रो अधिवेशन जम्मा ८९ दिन चालू रह्यो । गत पुस ११ गते प्रारम्भ भएको यो अधिवेशनका क्रममा २७ दिनमा राष्ट्रियसभाका ३५ वटा बैठक बसेका थिए । सो क्रममा ३२ घण्टा ४० मिनेट संसदीय काम कारवाहीमा समय व्यतितको अधिवेशन अन्त्यका क्रममा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले जानकारी दिए ।

यस अधिवेशनमा निकै चर्चामा रहेको ‘कर्मचारी समायोजन अध्यादेश, २०७५’ स्वीकृत भएको थियो भने ‘राष्ट्रियसभा (पहिलो संशोधन) नियमावली, २०७५’ पारित भयो । सभाले १८ वटा विधेयक पारित गरेकोे अधिवेशनको आजको अन्तिम बैठकमा जानकारी दिइयो ।

सभामा उत्पत्ति भई पारित गरिएका विधेयकमा बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्यनिरुपण तथा मेलमिलाप आयोग (दोस्रो संशोधन) विधेयक, २०७५, सङ्कटापन्न वन्यजन्तु तथा वनस्पतिको अन्तर्राष्ट्रिय व्यापार नियन्त्रण (पहिलो संशोधन) विधेयक, २०७५, प्रदेश लोकसेवा आयोग (आधार र मापदण्ड निर्धारण) विधेयक, २०७५, ज्येष्ठ नागरिकसम्बन्धी (पहिलो संशोधन) विधेयक, २०७५ र नागरिक लगानी कोष (दोस्रो संशोधन) विधेयक, २०७५ विज्ञापन नियमन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७५ हुन् ।

प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त भएकामध्ये भुक्तानी तथा फछ्र्योट विधेयक, २०७५, कर्मचारी समायोजन विधेयक, २०७५ निवृत्तभरण कोष विधेयक, २०७५, नेपालको संविधान अनुकूल बनाउन केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०७५ केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक २०७५, सार्वजनिक–निजी साझेदारी तथा लगानी विधेयक, २०७५ र लेखा परीक्षण विधेयक, २०७५ पारित भएका छन् ।

त्यस्तै जीवनाशक विषादी व्यवस्थापन विधेयक, ‘२०७५ विशेष आर्थिक क्षेत्र (पहिलो संशोधन)’ ‘विधेयक, २०७५ राष्ट्रिय चिकित्सा शिक्षा विधेयक’ ‘२०७५ विदेशी लगानी तथा प्रविधि हस्तान्तरण विधेयक’ २०७५, भू–उपयोग विधेयक, २०७५ पनि पारित भए ।

यो अधिवेशनका क्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्रप्रसाद अधिकारी, पूर्वसांसद चक्रप्रसाद बाँस्तोला, पद्मरत्न तुलाधर, मोतीदेवी थारु, कमलादेवी शर्मा, भरतमोहन अधिकारी, गणेश पण्डित र जीतबहादुर पुरीको निधनमा सभाबाट शोक प्रस्ताव पारित भए ।

यस अधिवेशनका क्रममा शून्य समय र विशेष समयमा सदस्यले उठाउनुका जिज्ञासाको गृहमन्त्री रामबहादुर थापा, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेल, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादव, माननीय कृषि तथा पशुपक्षी विकासमन्त्री चक्रपाणी खनाल र भौतिक पूर्वाधार तथा योजनामन्त्री रघुवीर महासेठले सम्बोधन गर्नुभएको थियोे । बैठकको अन्त्यमा सभाका काम कारवाहीमा सक्रियरुपमा सहभागी हुनुभई सहयोग पु¥याउनुहुने सम्बद्ध सबैलाई अध्यक्ष तिमिल्सिनाले धन्यवाद ज्ञापन गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?