लगानी सम्मेलनलाई लक्षित गरी सुरक्षा सतर्कता बढाइयो

काठमाडौं–लगानी सम्मेलनमा आउने विदेशी लगानीकर्तालाई सरकारले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलतमै रातो कार्पेट बिच्छाएर स्वागत गर्ने तयारी गरिरहेका बेला काठमाडौं उपत्यकामा सुरक्षा सर्तकता पनि बढाइएको छ ।
आजको नेपाल समाचारपत्र दैनिक लेख्छ–सम्मेलनको मिति नजिकिँदै जाँदा उपत्यका र आसपासका भेगमा सादा पोशाक र हतियार सहितका सुरक्षाकर्मी खटिएका छन् । सम्मेलनस्थल होटल सोल्टी आसपासका भेग, पाहुना बस्ने विभिन्न होटल, उपत्यकाका मुख्य चोक र विशिष्ट पाहुना ओहोर–दोहोर गर्ने सडकमा नियमित सुरक्षा निगरानी बढाइएको नेपाल प्रहरीले जनाएको छ । सम्मेलन आगामी शुक्रवार र शनिवार काठमाडौंमा हुँदै छ ।

शसस्त्र प्रहरी बल, नेपाल प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका सुरक्षाकर्मी सम्मेलनको सुरक्षाकालागि खटिने भएकाले केही दिनयता तीनवटै सुरक्षा निकायको समन्वयमा नियमित रुपमा सुरक्षाकर्मी खटिएको नेपाल प्रहरीका प्रवक्ता एसएसपी उत्तमराज सुवेदीले बताए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?