बिरामी बचाउन वडाअध्यक्षद्धारा हेलिकोप्टर चार्टर

 काठमाडौं । स्थानीय तहमा जनप्रतिनिधिहरुले जनअपेक्षा अनुसार काम गर्न नसकेको भन्दै आलोचना गर्ने क्रम तीव्र रुपमा बढिरहेको बेला रामेछापको दोरम्बा गाउँपालिका–४ का अध्यक्ष चन्द्रबहादुर थापा मगरले भने उदाहरणीय काम गरेर जनताको मन जित्ने कोशिस गरेका छन् ।

गौश्वरास्थित सुब्बाथानका ८ बर्षिय बालक मानबहादुर मगर चैत ६ गते घर भत्काइरहेको तलाबाट लडेर गम्भीर घाइते भएका थिए । गम्भिर घाइते भएका ती बालकलाई स्थानीयले एम्बुलेन्सबाट काठमाडौं लैजाने निधो गरेका थिए । तर वडा अध्यक्ष थापा मगरले भने बालकको अवस्था गम्भीर भएकाले एम्बुलेन्सबाट काठमाडौं पु¥याउन नसक्ने निष्कर्ष निकाल्नै हेलिकोप्टरबाट मात्र बालकको ज्यान बनाउन सकिने निधोमा पुगेका थिए ।

हेलिकोप्टर मार्फत उपचार गर्न काठमाडौं लैजाने त भनें तर साथमा एक रुपैयाँ पनि थिएन, वडा अध्यक्ष थापा मगरले नेपाल भने–व्यक्तिगत रुपमा म आफैले तिर्छु भनेर १ लाख ४० हजार पैसा जुटाएर बालकलाई काठमाडौं ल्याउन सफल भएँ ।’ गाउँमा पैसा त जुटयो तर हेलिकोप्टरको चिन्ता थपियो, उनले भने ।

थापा मगरले रामेछापका प्रतिनिधिसभा सांसद श्यामकुमार श्रेष्ठलाई फोन गरेर हेलिकोप्टरका व्यवस्था गरिदिन आग्रह गरे अनुसार सांसद श्रेष्ठले लगत्तै गौश्वरामा हेलिकोप्टर पठाइदिएका थिए ।
घाइते बालकको वि एन्ड बी अस्पतालमा उपचार भइरहेको छ । बालको च्यापुमा २१ टाका लगाइएको बताउदै वडा अध्यक्ष थापा मगरले च्यापुको अप्रेसन सफल भएको र स्वास्थ्यमा सुधार हुँदै गएको बताए । नेपाल समाचारपत्र दैनिकमा खबर छापिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?