लगानी सम्मेलनका लागि ७१ वटा परियोजना प्रस्ताव

काठमाडौं –  आगामी १५ र १६ चैतमा हुने लगानी सम्मेलनका लागि सरकारी र निजी क्षेत्रबाट गरी कुल ७१ वटा परियोजना प्रस्ताव तयार भएको छ । लगानी सम्मेलनका लागि तयार पारिएका यी ७१ वटै परियोजनाका लागि करिब ३५ खर्ब बढीको लागत अनुमान गरिएको लगानी बोर्डले जनाएको छ । लगानी सम्मेलनको तयारीसँगै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रूपमा लगानीको माहोल बन्दै गएको लगानी बोर्डले जनाएको छ ।

यसअघि सरकारले दुई वर्षअघि सम्पन्न गरेको लगानी सम्मेलनको अनुभवलाई मध्यनजर गर्दै लगानी बोर्डले पुनः अहिले दोस्रो लगानी सम्मेलनको तयारी पूरा गरेको हो । यसअघिको लगानी सम्मेलनमा करिब १५ खर्ब रुपैयाँको लगानी प्रतिबद्धता आएको थियो । प्रतिबद्धतामध्ये कति लगानी मुलुकमा भित्रन सक्यो भन्ने तथ्यांक सरकारले सार्वजनिक गरेको छैन ।
उद्यमीका अनुसार यस्ता सम्मेलनले मुलुकको अर्थतन्त्रलाई थप चलायमान बनाउन सहयोग पु¥याउँछ भने विदेशी पर्यटक आगमनको संख्या वृद्धिमा समेत महत्वपूर्ण भूमिका खेल्छ ।
लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारीले कुल ७१ वटै परियोजनाको विस्तृत अध्ययन गरेर प्रस्ताव तयार गरिएको जानकारी दिए ।प्रमुख कार्यकारी अधिकृत अधिकारीका अनुसार यस सम्मेलनमा सरकारका तर्फबाट ५३ र निजी क्षेत्रबाट १८ वटा गरी कुल ७१ वटा प्रस्ताव पेस हुनेछ । राजधानी दैनिकमा खबर छापिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?