आजदेखि तीन दिनसम्म मेघ गर्जनसहितको वर्षा, उच्च हिमाली भेगमा हिमपातको सम्भावना

काठमाडौं । पश्चिमी भेगका थोरै स्थानहरुमा र अन्य पहाडी भेगका स्थानहरुमा मेघ गर्जन सहितको छिटपुट देखि हल्का वर्षाको संभावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 

देशको पश्चिमी भूभागमा र अन्य पहाडी भू-भागहरुमा सामान्य देखि पूर्ण बदली रहि बाँकी भू-भागहरुमा आंशिक बदली रहने छ ।

आजदेखि पश्चिमी उच्च पहाडी र हिमाली भेगका केहि  स्थानहरुमा र मध्य र पूर्वी  उच्च पहाडी र हिमाली भेगका थोरै  स्थानहरुमा हल्का देखि मध्यम  हिमपातको सम्भावना पनि रहेको छ । 

सोमवार राती देशको पहाडी भू-भागहरुमा सामान्य देखि पूर्ण बदली रहि बाँकी भू-भागहरूमा आंशिक देखि सामान्य  बदली रहनेछ।  पश्चिमी भेगका केहि  स्थानहरुमा र अन्य  पहाडी भेगका थोरै  स्थानहरुमा मेघ गर्जन सहितको छिटपुट देखि हल्का वर्षाको संभावना छ।  पश्चिमी उच्च पहाडी र हिमाली भेगका केहि  स्थानहरुमा र मध्य र पूर्वी  उच्च पहाडी र हिमाली भेगका थोरै  स्थानहरुमा हल्का देखि मध्यम  हिमपातको सम्भावना छ ।

त्यसैगरी मंगलवार पनि देशका अधिकांश स्थानहरूमा सामान्य देखि पूर्ण बदली रहि पहाडी भू-भागहरूमा मेघ गर्जन सहितको छिटपुट देखि हल्का वर्षाको संभावना छ। उच्च पहाडी र हिमाली क्षेत्रहरूमा हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

मंगलवार राती देशको पहाडी भू-भागहरुमा सामान्य देखि पूर्ण बदली रहि बाँकी भू-भागहरूमा आंशिक देखि सामान्य  बदली रहनेछ। पहाडी भेगका १-२ स्थानहरुमा मेघ गर्जन सहितको छिटपुट देखि हल्का वर्षाको संभावना छ। उच्च हिमाली भेगका थोरै स्थानहरुमा हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ  । 

बुधवार देशको पूर्वी  भूभागमा र अन्य पहाडी भू-भागहरुमा सामान्य देखि पूर्ण बदली रहि बाँकी भू-भागहरुमा आंशिक देखि सामान्य बदली रहनेछ । पूर्वी भेगका थोरै स्थानहरुमा र अन्य  पहाडी भेगका  स्थानहरुमा मेघ गर्जन सहितको छिटपुट देखि हल्का वर्षाको संभावना छ।  पूर्वी  उच्च पहाडी र हिमाली भेगका केहि  स्थानहरुमा र मध्य र पश्चिमी  उच्च पहाडी र हिमाली भेगका  स्थानहरुमा हिमपातको सम्भावना छ ।
रातीको समयमा पहाडी भू-भागहरुमा आंशिक  बदली रहनेछ भने बाँकी भू-भागहरुको मौसम सामान्यतया सफा रहनेछ ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?