संवैधानिक परिषद्को बैठक आज बस्दै, संवैधानिक आयोगमा पदाधिकारी नियुक्तबारे छलफल हुने

काठमाडौं । निर्वाचन आयोगलगाय विभिन्न संवैधानिक आयोगमा पदाधिकारी नियुक्तिबारे छलफल गर्न आज (सोमवार) संवैधानिक परिषद्को बैठक बस्दैछ । 

बैठक प्रधानमन्त्री कार्यालय सिंहदरबारमा दिउँसो ३ बजेपछि बस्दैछ ।  

आठ मध्ये ५ आयोगमा अध्यक्ष नियुक्त भएपनि थप ३ आयोगमा अध्यक्ष नियुक्ती हुन बाँकी छ । 

राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग, राष्ट्रिय समावेशी आयोग, थारु आयोग, मुस्लिम आयोग र मधेशी आयोगमा अध्यक्ष नियुक्त भएपनि संवैधानिक व्यवस्था अनुसार नयाँ गठन भएका राष्ट्रिय महिला आयोग, राष्ट्रिय दलित आयोग र आदिवासी जनजाती आयोगमा भने अध्यक्ष नियुक्त हुन बाँकी छ । 

यसैबीच बैठकमा निर्वाचन आयोगको प्रमुख आयुक्तबारे समेत छलफल हुनेछ ।

आयोगका प्रमुख आयुक्त अयोधीप्रसाद यादव र आयुक्त इला शर्माको ६ वर्षे कार्यकाल हिजो (आइतवार)बाट सकिएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?