पोखराको रेस्टुरेन्टमा प्रहरीको छापा, २८ विदेशी नागरिकसहित ५८ पक्राउ

पोखरा । प्रहरी पोखराको एक रेस्टुरेन्टमा छापा मारेको छ । आइतवार राति पोखराको लेकसाइडमा सञ्चालित रेस्टुरेन्टमा प्रहरीले छापा मारेको हो । रेस्टुरेन्टबाट प्रहरीले विदेशीसहित ५८ जनालाई पक्राउ गरेको छ । 

रेस्टुरेन्टमा आयोजित टान्सपार्टीमा होहल्ला भएपछि प्रहरीले छापा मारि उनीहरुलाई पक्राउ गर्नुका साथै ठूलो मात्रामा लागूऔषधसमेत बरामद गरेको छ ।

वडा प्रहरी कार्यालय, वैदामका प्रमुख डीएसपी कोमल साहका अनुसार रेस्टुरेन्टबाट ठूलो आवाजमा गीत बजाएर होहल्ला गरेपछि विदेशीसहित ५८ जनालाई नियन्त्रणमा लिएको जानकारी दिए ।

उनले भने, ‘निण्न्त्रणमा लिइएका २८ विदेशी नागरिकलाई भने छाड्को छौं, होहल्लामा विदेशीको संलग्नता नरहेपछि उनीहरुलाई छाडेका हौ ।’

बाँकी ३० जना युवकलाई भने बैदाम प्रहरी पोष्टमा राखिएको र उनीहरुमाथि अनुसन्धान भइरहेको डिएसपी साहले जानकारी दिए । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?