चैत ११ गतेका १८ ट्रेन्डिङ समाचार, दुनियाँमा दिनभर के भयो ? एक क्लिकमा थाहा पाउनुहोस्

WWW.LOKPATH.COM अनलाईन न्यूज पोर्टलमा तपाईंलाई हार्दिक स्वागत छ ।

आज मिति २०७५ साल चैत ११ गते देश दुनियाँमा के–के घटना भए  ? जान्नको लागि तलको लिंकमा क्लिक गर्नुहोस् र ५ मिनेटमा थाहा पाउनुहोस् देशभर भएका घटनाहरुमध्ये ट्रेन्डिङमा रहेको १८ घटनाहरु । यूट्युवमा गएर LOKPATH TV  टाईप गरी हाम्रा सम्पूर्ण समाचार मूलक, जानकारी मूलक मनोरञ्जनात्मक भिडियोहरु हेर्न सक्नुहुन्छ । अन्तमा  LOKPATH TV  लाई सब्स्क्राईब गर्न नबिर्सनुहोस् । 

 

1. विप्लव समूहलाई प्रधानमन्त्री ओलीको अल्टिमेटम,‘चैतभित्र शान्तिपूर्ण बाटोमा आउनुस्’ :  ‘प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिबन्धित नेत्रविक्र चन्द ‘विप्लव’ नेतृत्वको नेकपा समूहलाई शान्तिपूर्ण बाटोमा आउन चैत मसान्तसम्मको अल्टिमेटम ९समय० दिएका छन् । सोमवार संसद भवनमा बसेको नेकपा संसदीय दलको बैठकमा प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन् । 

 

2. नेपाल र जापानबीच एमओसीमा हस्ताक्षर, नेपाली कामदारलाई जापान जान खुल्यो बाटो :  जापानमा नेपाली श्रमिक आपूर्ति गर्ने विषयमा सोमवार सरकार र जापानी पक्षीबीच समझदारी (एमओसी)मा हस्ताक्षर भएको छ।  ललितपुरको कुपण्डोलस्थित होटल हिमालयमा सोमवार आयोजित विशेष कार्यक्रमकाबीच नेपाल र जापानबीच हस्ताक्षर भएको हो ।

 

3. निर्वाचन आयोगको प्रमुख आयुक्तमा दिनेश थपलिया सिफारिस : निर्वाचन आयोगको प्रमुख आयुक्तमा बहालवाला सचिव दिनेश थपलियालाई संवैधानिक परिषदले सिफारिस गरेको छ । सोमवार बसेको परिषद्को बैठकले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव थपलियालाई प्रमुख आयुक्तमा सिफारिस गरेको हो ।

 

4. राजपा नेता महतोले भने,‘प्रधानमन्त्री ओली सीके राउतको प्रवक्ता’ :  राष्ट्रिय जनता पार्टी ९राजपा० नेपालले प्रधानमन्त्री केपी शर्मा ओली सीके राउतको प्रवक्ता बनेको टिप्पणी गरेका छन् । सोमवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै राजपा नेता राजेन्द्र महतोले सो कुरा बताएका हुन् । 

 

5. गुणस्तरीयताका लागि हाइटेक स्याउ नर्सरी, वर्षमा ७५ हजार बढी बिरुवा उत्पादन :  स्याउका गुणस्तरीय बिरुवा उत्पादनका लागि तयार गरिएको हाइटेक नर्सरी निर्माणको अन्तिम चरणमा पुगेको छ । जुम्लाको चन्दननाथ नगरपालिका–८ उमगाडमा तयार गरिएको हाइटेक नर्सरीको काम अव अन्तिम चरणमा पुगेको प्रधानमन्त्री कृषि आधुनिकीकरण कार्यालय ‘सुपरजोन’ जुम्ला शाखाले जनाएको हो । 

 

6. प्रहरी प्रधान कार्यालयद्वारा एसपी र डिएसपीको काज सरुवा, को–कहाँ  :  प्रहरी प्रधान कार्यालयले एसपी रवीन्द्र केसीलाई काज सरुवा गरेको छ । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा कार्यरत एसपी केसीलाई ट्राफिक निर्देशनालयमा काज सरुवा गरिएको छ । यस्तै विभागमा एसपी प्रकाश रानाभाटलाई पठाइएको छ । 

 

7. निर्मला बलात्कारपछि हत्या प्रकरण – डिएसपी अंगुर जिसी अदालत उपस्थित :  कञ्चनपुरका तत्कालिन डिएसपी अंगुर जिसी अदालतमा उपस्थित भएका छन् । कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्त घटनाको अनुसन्धानका क्रममा अत्यावश्यक प्रमाणहरु नष्ट गरेको कसुरमा मुद्दा चलाइएका तत्कालीन डिएसपी जिसी अदालतमा उपस्थित भएका हुन् । 

 

8. राज्य चूप लागेर बस्न मिल्दैन – नेपाल :  नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपालले राज्य निरीह संस्था नभएकाले यसलाई कसैले चुनौती दिन्छ भने चूप लागेर बस्न नमिल्ने बताएका छन् । यहाँ आज पत्रकारसँगको भेटघाटमा उनले आपराधिक गतिविधि गर्ने जोकोहीप्रति राज्य निरीह बन्न नसक्ने बताए ।

9. शेयर बजार – सामान्य अङ्कको सुधार :  लगातार घट्दै आएको शेयर बजार आज भने सामान्य अङ्कले वृद्धि भई थामिएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवारमापक नेप्से परिसूचक ३।८७ विन्दुले बढेर एक हजार १३८.६७ विन्दुमा पुगेको छ । 

10. हिंसात्मक गतिविधि त्यागेर शान्तिपूर्ण राजनीतिमा आउन विप्लवलाई कांग्रेसको आग्रह :  प्रतिबन्धित नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा समूहलाई हिंसात्मक गतिविधि त्यागेर शान्तिपूर्ण वातावरणमा आउन नेपाली कांग्रेस आग्रह गरेको छ । 

 

11. तीन दिन मौसम बदली, उपत्यकासहित देशभर वर्षाको सम्भावना पश्चिमी वायुको प्रभावले आज ९सोमवार० मौसम बदलीसँगै काठमाडौं उपत्यकासहित देशका अधिकांश भू–भागमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वनुमान महाशाखाले जनाएको छ । 

 

12. हतियार बिसाए विप्लवसँग वार्ता गर्न सकिन्छ स्रक्षामन्त्री पोखरल :  रक्षामन्त्री इश्वर पोखरेलले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा समूहले हतियार बिसाए आए वार्ता गर्न सकिने बताएका छन् । सोमवार विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै मन्त्री पोखरलेले विप्लव समूहले हतियार बोक्न र बम पड्काउने जस्ता हिंसात्कम गतिविधि रोके सरकार वार्ता गर्न तयार गरहेको बताएका हुन् । 

13. ठेकेदारको लापरबाहीले निर्माणाधिन नौ वटा झोलुङ्गे पुल अलपत्र :  जिल्लाका निर्माण भइ सक्नुपर्ने नौ वटा झोलुङ्गे पुल ठेकेदारको चरम लापरबाहीले अलपत्रमा परेका छन् । झोलुङ्गे पुलका ठेकेदारले समयमै सामान ढुवानी नगर्दा जिल्लाका विभिन्न स्थानमा रहेका नौ वटा झोलुङ्गे पुल अलपत्रमा परेका हुन् । 

14. धितोपत्र बोर्डद्वारा एक अर्ब ५७ करोडको ‘आईपिओ’ निष्काशनको अनुमति :  नेपाल धितोपत्र बोर्डद्वारा अनुमति पाएसँगै सर्वसाधारणको लागि एक करोड ५७ लाख ३८ हजार १ सय ५० कित्ता शेयर बिक्रीमा आउने भएको छ।बोर्डले अनुमति दिएसँगै एक अर्ब ५७ करोड ३८ लाख १५ हजार रुपैयाँ बराबरको एक करोड ५७ लाख ३८ हजार १ सय ५० कित्ता शेयर बिक्रीमा आउन लागेको हो ।

 

15. स्कुल पुग्नै चार घण्टा, जंगलमा बाघभालुको डर, स्कूल आउँदाजाँदा नै रात पर्छ  : खोटाङ जिल्लाको रावावेशी गाउँपालिका–३, भालढुङ्गाका श्याम माझी आफ्ना दुई साथी रवीन माझी र दिलिप माझीसँग हरेक दिन बसेरी जङ्गल पार गर्दै लामीडाँडामा बन्दै गरेको विमानस्थलका लागि बालुवा चाल्न रबुवा बजार पुग्ने गर्छन् ।

 

16. कोटेश्वर र बानेश्वर चोकमा आकाशे पुल बनाइने  : पैदलयात्रुको धेरै चाप हुने क्षेत्र काठमाडौंको कोटेश्वर र बानेश्वर चोकमा आकाशे पुल बन्ने भएको छ ।  पैदलयात्रीलाई समस्या भएको र ट्राफिक जाम व्यवस्थापन गर्न मुस्किल परेपछि दुबै स्थानमा आकाशे पुल निर्माण गर्न लागिएको हो ।

 

17. ‘ट्रम्पको अभियान र रुसबीच साठगाँठ पुष्टि नभएको’ म्युलर प्रतिवेदनको निष्कर्ष :  उक्त महान्यायाधिवक्ता विलियम बारले अमेरिकी संसद्का लागि तयार पारेका सारांशमा अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पको अभियान र रुसबीच साठगाँठ भएको प्रमाण नभेटिएको उल्लेख गरिएको बताइएको छ । गत राष्ट्रपतीय निर्वाचन अभियानसँग सम्बन्धित विवादबारे छानबिन गरेका अमेरिकी विशेष अनुसन्धानकर्ता रोबर्ट म्युलरले कङ्ग्रेसमा बुझाएको प्रतिवेदनको सारांशमा ट्रम्पले न्याय निरूपणमा अवरोध नगरेको भनेर निष्कर्ष निकालिएको छैन ।

 

18. मोदीविरुद्ध लड्दै १ सय ११ किसान :  भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीविरुद्ध १ सय ११ जना किसानले चुनाव लड्ने भएका छन् । आगामी लोकसभा चुनावमा बनारस लोकसभा सिटमा मोदीविरुद्ध तमिलनाडुका १ सय ११ जना किसानले चुनाव लड्ने निर्णय गरेका हुन् ।

 

 LOKPATH TV  लाई सब्स्क्राईब गर्न नबिर्सनुहोस् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?