खेल मैदानको शिलान्यास

भरतपुर । भरतपुर महानगरपालिका–७ मा रहेकोे कृष्णपुर खेल मैदानलाई व्यवस्थित र सुविधा सम्पन्न बनाइने भएको छ । प्रदेश सरकारबाट ८० लाख बजेट विनियोजन भएपछि खेल मैदान निर्माण शुरु गरिएको हो । 

खेल मैदान निर्माणकै लागि उपभोक्ता समितिमार्फत साढे पाँच लाख संकलन गरिएको छ । चितवन क्षेत्र नम्बर २ ‘ख’ का सांसद विजय सुवेदीले खेल मैदानको शिलान्यास गरे । उनले  खेल मैदान निर्माणका लागि आफ्नो पहलमा दुई शिर्षकमा ८० लाख बजेट विनियोजन गरेको जानकारी दिए ।

शसर्त अनुदानमा ५० लाख र सामाजिक विकास मन्त्रालयमार्फत सो रकम विनियोजन भएको उनले बताए । 

आफ्नो निर्वाचन क्षेत्रका प्रत्यक वडामा खेल मैदान निर्माण गर्ने योजनाका साथ कृष्णपुरबाट खेल मैदानबाट निर्माण थालिएकाले तोकिएको समयमै निर्माण सम्पन्न हुने उनको विश्वास छ । तोकिएकै मितिमा स्टेडियमको निर्माण कार्य पूरा गर्न उपभोक्ता समितिलाई उनले आग्रह गरे ।

वडा नं ७ का वडाध्यक्ष राजेन्द्रमणि काफ्लेले वडाको एक मात्र खेल मैदान भएकाले प्रथामिकताका साथ काम गरिने बताए ।  खेल मैदान निर्माणका लागि अपुग बजेट वडामार्फत विनियोज गर्ने उनको प्रतिबद्धता छ । 

रातको समयमा पनि खेल्न मिल्ने गरी बत्तीको व्यवस्था गरिने खेल मैदान निर्माण उपभोक्ता समितिका सचिव अधिकार चालिसेले जानकारी दिए । उनले तोकिएको समयमा मैदान निर्माण गर्नका लागी सक्रिय भएर काम गर्ने बताए ।

खेल मैदानमा खानेपानी व्यवस्थापन बोर्ड र दाताको सहयोगमा दुई कोठाको भवन र शौचालय निर्माणाधिन छ । खेल मैदान निर्माण पश्चात फुटबल, क्रिकेट, भलिबल लगायतका खेल खेल्न र प्रतियोगिता आयोजना गर्न सकिनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?