राप्रपामा पदाधिकारी मनोनयन (नामावलीसहित)

काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष कमल थापाले पार्टीको विधान बमोजिम वरिष्ठ उपाध्यक्षमा बुद्धिमान तामाङ (धादिङ) र राजीव पराजुली(पर्सा)लाई मनोनित गरेका छन् ।

त्यसैगरी उपाध्यक्षमा प्रेमबहादुर भण्डारी (बाँके), टङ्क ढकाल (भोजपुर), नरेन्द्रबहादुर चन्द (बैतडी), तोरणबहादुर गुरुङ (स्याङ्जा), रोशन कार्की (ललितपुर), भिमप्रसाद गौचन (म्याग्दी) र महेशलाल महासेठ (सिरहा)लाई मनोनयन गर्नुभएको प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले जानकारी दिए ।

महामन्त्रीमा राजेन्द्र लिङ्देन (झापा) र डा धवलशम्शेर जबरा (बाँके) लाई मनोनयन गरिएको छ । प्रवक्ताहरुमा सुशील श्रेष्ठ (महोत्तरी), भुवन पाठक (काठमाडाँै) र नीलकण्ठ काफ्ले (नवलपुर) लाई जिम्मेवारी दिइएको छ । सहमहामन्त्रीमा चन्द्रबहादुर गुरुङ (कैलाली), कुन्ती शाही (दैलेख), दीपकबहादुर सिंह(मकवानपुर), भक्तिप्रसाद सिटौला (झापा), अर्जुन राई (खोटाङ) र भरत रायमाझी (काठमाडाँै) छन् ।

सहायक महामन्त्रीमा लिलादेवी श्रेष्ठ (इलाम) र मदनबहादुर कार्की (स्याङ्जा) हुनुहुन्छ । सहायक प्रवक्तामा रमानन्द न्यौपाने (जुम्ला) लाई मनोनयन गरिएको छ । यसैगरी अध्यक्ष थापाले प्रदीपकुमार उदय (रुपन्देही) लाई प्रदेश नं. ५ को अध्यक्ष र ईन्द्रबहादुर ठकुरी (सिन्धुपाल्चोक) लाई केन्द्रीय सदस्य पदमा मनोनयन गरेका छन् ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?