पूर्वराजाको सक्रियता बढ्दो, फेरि पूर्वी नेपालको भ्रमण हुने

काठमाडौं–  पूर्वराजा ज्ञानेन्द्र शाहले आइतबारदेखि पूर्वी नेपालको भ्रमण गर्ने भएका छन् ।
शाहले आइतबार देखि इलाम र पाँचथर जिल्लाको भ्रमण गर्ने तय भएको पूर्वराजाका प्रेस संयोजक फणि पाठकले जानकारी दिए । उनी त्यहाँ केही दिन व्यस्त हुने बताइएको छ ।
भ्रमणका क्रममा शाहले त्यहाँ रहेका विभिन्न मठ मन्दिरको दर्शन गर्नुका साथै समर्थकहरुसाग पनि भेटघाट गर्ने तय भएको बताइएको छ ।

यसअघि फागुन २९ देखि चैत ३ गतेसम्म पूर्वराजाले मधेसका विभिन्न जिल्लाको भ्रमण गरेका थिए । राजनीतिक व्यवस्थाप्रति असन्तुष्टि पोख्दै आएको ज्ञानेन्द्रले पछिल्लो समय आफ्नो गतिविधिलाई तीब्र पार्दै आएको छन।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?