अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्ग मर्मत हुँदै : तीन महिनासम्म दैनिक १० घन्टा विमानस्थल बन्द

काठमाडौं–दैनिक २१ घन्टा सञ्चालनमा रहेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल १८ चैतदेखि तीन महिना दैनिक १० घन्टा बन्द हुने भएको छ । धावनमार्गको पिच मर्मत गर्दा सञ्चालन अवधि १४ घन्टामा सीमित हुने विमानस्थलका प्रवक्ता प्रताप तिवारीले बताए ।

मर्मत गरिने अवधिभर विमानस्थल बिहान ८ बजेदेखि राति १० बजेसम्म मात्र खुला गर्ने तयारी छ । अहिले बिहान ६ बजेदेखि राति ३ बजेसम्म विमानस्थल सञ्चालन भइरहेको छ । नयाँ पत्रिका दैनिकमा खबर छापिएको छ  ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?