देशभित्र काम गर्नेभन्दा विदेशमा गएर जागिर खोज्ने प्रवृत्ति बढ्दो : प्रचण्ड

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ रोजगारी सिर्जनाका लागि शिक्षामा गुणात्मक सुधार हुनुपर्ने बताएका छन् । 

बुधवार काठमाडौंको होटल सोल्टीमा शुरु भएको राष्ट्रि विकास परिषद्को बैठकलाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन् । 

पूर्वप्रधानमन्त्रीसमेत रहेका प्रचण्डले अशिक्षित भन्दा शिक्षित युवाहरु विदेश पलायन हुने क्रममा वृद्धि भएको बताए । ‘देशभित्र काम गर्नेभन्दा विदेशमा गएर जागिर खोज्ने प्रवृत्ति बढ्दो छ’ उनले भने, ‘देशभित्र उत्पादनशिल जनशक्ति घट्दो छ । यो के कारणले भयो भनेर गहिरिएर हेर्ने हो भने मुख्य कुरा शिक्षामै छ ।’

‘हामीले २५ वर्षसम्मको योजनामा विचार गर्दा अब कस्तो जनशक्ति तयार पार्ने भन्ने कुरालाई सबैभन्दा माथि राख्नुपर्दछ भन्ने मलाई लाग्दछ’ अध्यक्ष प्रचण्डले भने । 

साथै उनले व्यवसायीक शिक्षामा प्राविधिक शिक्षामा, उत्पादन वृद्धि र रोजगारी सिर्जना गर्ने शिक्षालाई विद्यालयदेखि विश्वविद्यालयसम्म दिनुपर्ने बताए । 

साथै बैठकमा पन्ध्रौं योजनाको आधारपत्रलाई अन्तिम रुप दिइँदै छ भने बैठक दुईदिन चल्नेछ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?