मधेश मामिलाका जानकार डा.राजेश अहिराज भन्छन्,” यहि अवस्था रहे नेपाल ४ वर्षमा द्वन्द्वमा फस्छ”

२०३६ साल जेठमा रौतहटको संग्रामपुरमा जन्मिएका राजेश अहिराज मधेश मामिलाका जानकार मानिन्छन् ।

त्रिभुवन विश्वविद्यालयवाट ‘मधेश आन्दोलन र मधेशवादको विकासक्रम’ विषयमा विद्यावारिधी गरेका उनी मधेशवाणी पत्रिकाका सम्पादक हुन् ।

मधेश आन्दोलन र मधेशको राजनीतिलाई नजिकबाट नियालिरहेका उनी स्वतन्त्र विश्लेषकको रुपमा आफ्नो परिचय स्थापित गरेका छन् ।

 

उनी भन्छन्, ‘एउटा भूमि, संस्कृति र गौरवपूर्ण इतिहास बोकेको मधेश र मधेशीको पहिचान, समानता र समन्यायका लागि गरिने चिन्तन नै मधेशवाद हो।  डा अहिराज समानतामा आधारित साझा मुलुक बनाउन सकिएन भने दूरगामीरूपमा राज्यप्रतिको विश्वास र अखण्डतालाई प्रभाव पारिरहने तर्क गर्छन् ।  मधेशको नाममा राजनीति गर्नेहरूले जनताका आडमा आफ्नो माग अघि सार्ने र मधेश समस्या समाधान नगरिकन राजनीति गरिबस्ने प्रवृत्ति वर्तमान राजनीतिको सबैभन्दा ठूलो दाउपेचपूर्ण प्रपञ्च रहिरहेका कारण नेपालमा मधेशी जनताले न्यायको अनुभूति गर्न पाएका छैनन् ।

अन्तर्वार्ताका क्रममा उनले इतिहास सम्झाए, २००८ सालदेखि नै मधेशी जनताका निमित्त समानता र समन्यायकेन्द्रित राजनीतिक संघर्षको विधिवत् शुरूवात भएको छ। २००८, २०१५ देखि २०७५ सम्म आईपुग्दा दर्जनौं सशस्त्र र निशस्त्र पार्टी खुले। तर, जनताले न्याय पाएको अनुभूति गर्न सकेनन्। मधेशका नाममा विभिन्न शीर्षक र दलसँग पटक–पटक सहमति र सम्झौता भयो। तर, जनता थप पीडित भए। कारण त्यो परिणाममुखी थिएन । 

 

नेपाली राजनीतिमा मधेश मुद्दा दिनानुदिन जटिल र आक्रामक समस्याका रूपमा अगाडि बढीरहेको यो सन्दर्भमा लोकपथ डटकम अनलाईनको लोकपथ टिभीको कार्यक्रम खास कुरामा उनीसँग नेपालमा संघीयता भविष्य, समसामयिक राजनीति, मधेशको अबको भाग्य र भारोसा, मधेशका मुद्दा, द्वन्द्वको खेती गर्ने को हुन् कसरी र किन हस्तक्षेप गरिदैँछ नेपालमाथी भन्ने सन्दर्भमा केन्द्रित रहेर गरिएको कुराकानी यहाँ प्रस्तुत गरिन्छ । भिडियोमा क्लिक गर्नुहोस् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?