काठमाडौं । बारा र पर्साका विनाशकारी हावाहुरी पीडितहरुका लागि नया शक्ति नेपालका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईले प्रदेश नम्बर २ सरकारलाई ५ लाख रुपैयाँ हस्तान्तरण गरेका छन् ।
अध्यक्ष भट्टराईले कार्यवाहक मुख्यमन्त्री जितेन्द्र सोनललाई ५ लाख रुपैयाँको चेक हस्तान्तरण गरेका हुन् ।
भौतिक पूर्वाधार विकास मन्त्री जितेन्द्र सोनलले बारा र पर्सामा आएको विनाशकारी हावाहुरीबारे जानकारी गराए । सो रकम मुख्यमन्त्री राहत कोषमा जम्मा हुने मन्त्रीले जनाए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया