इंग्लिस प्रिमियर लिगमा एजेन्टको रकममा भारी वृद्धि

एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबलमा खेलाडीको एजेन्टले पाउने रकममा वृद्धि भएको छ । 

ट्रान्सफर मार्केटले सार्वजनिक गरेको नयाँ तथ्याङक अनुसार जारी प्रिमियर लिगमा खेलाडी मिलाए बापत एजेण्टले पाउने रकममा भारी वृद्धि भएको जनाएको छ । 

नयाँ तथ्यान्क अनुसार प्रिमियर लिग क्लबले एजेन्टका लागि  सन् २०१८-२०१९ को सिजनमा २ सय ६० मिलियन पाउण्ड खर्च गरेको छ । अघिल्लो सिजन भन्दा यो वर्ष ४९ मिलियन पाउण्डले ट्रान्सफर रकम बडेको हो । 

सन् २०१८ फेब्रुवरीदेखि २०१९ को ३१ जनवरीसम्म लिभरपुलले सर्वाधिक ४३ मिलियन पाउन्ड एजेन्टका लागि खच गरिसकेको छ । यता चेल्सीले २३ मिलियन पाउण्ड खर्च गर्दा म्यानचेस्टर सिटीले २४ मिलियन पाउण्ड खर्च गरेको छ ।

त्यस्तै म्यानचेस्टर युनाइटेडले २० मिलियन पाउण्ड तथा टोट्नह्याम र आर्सनले समान ११-११ मिलियन पाउण्ड खर्च गरिसकेको छ । 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?