हावाहुरी प्रभावितलाई  प्रदेश  ५ सरकारले १ करोड राहत सहयोग गर्ने

बुटवल । बारा र पर्साका हावाहुरी प्रभावितहरुका लागि प्रदेश नम्बर ५ सरकारले १ करोड राहत सहयोग पठाउने निर्णय गरेको छ ।

प्रदेश सरकारको मन्त्री परिषदको आज बसेको बैठकले प्रदेश नम्बर २ सरकारको आकस्मीक राहत कोष खातामा प्रदेश ५ सरकारको तर्फबाट राहत सहयोग पठाउने निर्णय गरेको हो । मन्त्रीपरिषदको अजकै बैठकले प्रदेशसभामा बिपक्षिदलका नेता बलदेव शर्मा पोखरेलको उपचारका लागि ५ लाख सहयोग गर्ने समेत निर्णय गरेको छ ।

पोखरेल लामो समयदेखि क्यान्सर रोगको उपचार गराउँदै आएका थिए । मन्त्रीपरिषदको निर्णय सार्वजानीक गर्दै प्रदेश सरकारका प्रवक्ता भौतिक पुर्वाधार मन्त्री बैजनाथ चौधरीले हावाहुरी पिडीतहरुले यथासिघ्र राहत पाउन् भन्दै सरकारले राहत सहयोग गर्ने निर्णय गरेको जानकारी दिए । मन्त्री चौधरीका अनुसार मन्त्री परिषदले प्रदेशमा टुकि तथा दियालो प्रतिस्थापन गर्ने निर्णय गर्दै केन्द्रीय बिद्युत लाईनको पहुँच नपुगेका स्थानहरुमा सौर्य बत्ती जडान गर्न अनुदान दिने निर्णय गरेको छ ।

बैठकले संघिय संसदले बनाएको लोकसेवा आयोग गठन बिधेयकसंग बाझेको भन्दै लोकसेवा आयोग गठन बिधेयकलाई फिर्ता लिने निर्णय गरेको प्रवक्ता चौधरीले बताए । आजकै बैठकले स्थानीय सरकार संचालन कार्य्बिधी पारित गर्नुका साथै कानुन मस्यौदा समितीको म्याद असार मसान्तसम्मका लाथि थप गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?