सरकारी छाप किर्ते गरेको आरोपमा राजपा केन्द्रीय सदस्य यादव पक्राउ

काठमाडौं । राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका केन्द्रीय सदस्य बीपी यादवले सरकारी छाप किर्ते गरेको अभियोगमा पक्राउ परेका छन् । 

पूर्वसभासद समेत रहेका यादवले भौतिक पूर्वाधार विकास मन्त्रालयबाट सप्तरीको अग्रिसाइर कृष्णासवरण गाउँपालिका २ र ३ मा पर्ने सडक निर्माणमा किर्ते उपभोक्ता समितिमार्फत बैंक खाता खोलेको पाइएपछि उनी पक्राउ परेका हुन् । 

राजपा सदस्य यादवले नक्कली उपभोक्ता समिति बनाएर सरकारी छाप किर्ते अभियोगमा उनलाई पक्राउ गरि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीका एसपी राजेन्द्र विष्टले जानकारी दिए । 

यादवमाथि सरकारी छाप किर्ते गरेको आरोपमा मुद्दा चलाउने प्रहरीले बताएको छ ।  

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?