इराकमा यसरी बेचिन्छन् नेपाली युवती, गल्ली–गल्लीमा भेटिन्छन् दलाल

सन् २००४ मा १२ जना नेपालीलाई जोर्डन लैजाने भन्दै दलालले इराक पुर्यो । दलालको फन्दामा पुगेका १२ नेपालीलाई सुन्नी अतिवादी संगठन इस्लाम अल सुन्ना समूहले विभत्स हत्या गर्यो । 
सोही घटनापछि नेपाल सरकारले इराक जान लगाएको प्रतिवबन्ध अहिलेसम्म फुकुवा गरेको छैन । 

इराकमै रहेर काम गर्दै आएका करिब ५० हजारभन्दा बढी नेपाली युवा–युवती कामदारलाई भने काम गर्ने अनुमति दिएको छ । अमेरिकी सेन्ट्रल कमान्डले वि.सं २०६८ अघि आफ्ना नागरिकलाई प्रतिवन्ध लगाएका देशका कामदार फिर्ता गर्न भनेपछि त्यहाँ कार्यरतलाई नेपाल सरकारले अनुमति दिएको हो ।

सरकारले प्रतिबन्ध लगाए पनि गैरकानूनी बाटोबाट इराक जाने कामदारको संख्या धेरै रहेको वैदेशिक रोजगारको क्षेत्रमा काम गर्ने व्यवसायीले बताउछन् । इराकमा विभिन्न ठाउँमा छरिएका अमेरिकी बेस क्याम्पहरुमा नेपाली सुरक्षा गार्ड, कुक, वेटर, चालक, सिकर्मी, साधारण कामदार, कार्यालय सहायक तथा सुचना प्रविधि सम्बन्धि प्राविधिक कार्यालयमा नेपालीहरु काम गदै आएका छन् । 

इराकको प्रान्तिय क्षेत्रहरुमध्ये कुर्दिस्तान एक यस्तो क्षेत्र हो । अहिले यस क्षेत्रमा मात्रै नेपालीको संख्या २० हजार हाराहारीमा रहेको प्रवासी नेपाली समाजले जनाएको छ । कुर्दिस्तान सहरका विभिन्न सहरहरूमा नेपाली एजेन्ट (दलाल)को विगविगि छ । इराकको विशेषगरी ईर्विल सहरमा दलालको विगविगि रहेको हो । रोजगारीको शिलशिलामा दलालको फन्दामा परि यहाँ आउने नेपाली युवा–युवतीको संख्यामा वृद्धि हुने क्रम बढ्दो छ ।

हाल, नेपाल सरकारले अफगानिस्तान, लिबिया, इराक र सिरियाको श्रम स्वीकृति रोकेको भएपनि दलालको प्रभोलनमा परि दैनिक १०÷१५ जनाका दरले इराक आउने गरेका छन् । उनीहरूलाई भारत, दुवई तथा तेस्रो मुलुक हुँदै दलालले इराक ल्याउने गर्छन् ।

ईर्विल सहरमा अहिले बक्तेयारि, अङ्कावा, दोसाइट, सुखसैतान लगायतका स्थानमा प्रत्येक घरमा कम्तिमा पनि १०÷१५ जना बेरोजगार युवाहरूको रहेका छन् । उनीहरूलाई दललाले ५ सय अमेरेकी डलरभन्दा बढि कमाई हुने भन्दै यहाँ ल्याएको र करिव ५-६ महिनासम्म पनि अकमा (रेडिसेन्स कार्ड) नबेकाले उनीहरु बेरोजगारु भएको समाजले जनाएको छ ।

इराकमा रहेको नेपालीहरू भने नेपाल सरकारलाई भिजिट भिषा बन्द गर्न आग्रह गरेका छन् । दलालले विभिन्न प्रभोलन देखाइ इराक ल्याउने क्रम नरोकिएपछि इराकमा श्रमिकहरूको पक्षमा बोल्दै आएको एक संस्थाले गरेको पत्रकार सम्मेलनमा बोल्दै उनीहरूले सरकारलाई भिजिट भिषा बन्द गर्न आग्रह गरेका हुन् ।

सरकारले असुरक्षित देशमा जाने कामदारका विषयमा ती देशसँग कानूनी परामर्श लिनुपर्ने भएकाले केही समय भिषा स्थगित गरेको श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ । व्यक्तिगत भिसामा अफगानिस्तान, लिबिया, इराक र सिरिया जाने कामदारको संख्या बढदै गएपछि ती देशसँग छलफल र सम्वाद गरेर मात्र श्रम स्वीकृति जारी गरिने श्रम मन्त्रालयले जनाएको हो ।

गल्ली–गल्लीमा भटिन्छन्– नेपाली दलाल

इराकको हरेक गल्ली–गल्लिमा नेपाली दलालहरू भेटिन्छन् । उनीहरू खासै रोजगार पनि गर्दैन । उनीहरूको काम नै नेपालबाट विभिन्न वहानामा इराक ल्याउने र उनीहरूलाई रोजगारमा लगाउने प्रभोलन देखाई यहाँ ल्याउने भएतापनि कुर्दीस्तान सरकारको नियम हेरफेरले समस्यामा परेका छन् । केही समय नेपालीहरूका लागि भिजिट भिषा बन्द गरेको कुर्दिस्तान सरकारले अहिले भिषा खोलेपछि फेरी नेपाली दलालहरू सक्रिय भएका हुन् ।

इराकको कुर्दितान सहरहरू मध्येको एक ईर्विलमा मात्रै कम्तिमा पनि २ हजार दलाल रहेको बताइन्छ । उनीहरू प्रायको काम नै नेपालीहरूलाई ठग्ने हो । कसैलाई काम लगाउने र उनीहरूबाट केही रकम कमिसन भन्दै लिने समूह पनि ठूलै रहेको छ ।

दलाले अहिले नयाँ–नयाँ तरिका अपनाउदै आएका छन् । अहिले उनीहरूले सिधै कम्पनीमा ल्याउने गरी नयाँ कमाउने निति लिएका छन् । उनीहरूले नेपालबाट ५ सय डलरभन्दा बढी कमाइ हुन्छ भन्दै यहाँ ल्याएता पनि सिधै कम्पनीमा हालिदिन्छन् । नेपालबाट यहाँ आउन कम्तीमा पनि हाराहारी ४ हजार डलर (४ लाख ५० हजार नेपाली रूपैयाँ) एक व्यतिmबाट लिनछन् ।

किन दलालको रोजाईमा पर्याे इराक

सरकारले रोजगारको लागि नयाँ नयाँ गन्तव्य खोजीरहेको भएपनि दलालले भने सन् २०१० बाट यहाँ मान्छे ल्याउने काम थालेका हुन् । २००४ मा १२ जना नेपालीको सुन्नी आन्ना समूहले हत्या गरेपछि सरकारले असुरक्षित देश भन्दै अहिलेसम्म भिषा बन्द गरेको भएतापनि दलालले राम्रो कमाई हुन्छ भन्दै ठग्दै आइरहेका छन् ।

सामान्यतया, ७ दिनदेखि १५ दिनभित्र ४ लाख पैसा दिएपछि दलालहरु मनग्य पैसा कमाउने आशामा नेपाली युवा–युवतीहरु इराकमा ल्याउने गर्छन् । इराक आउनका नेपाल सरकारले गैरकानूनी भनी श्रम तथा भिषा पनि बन्द गरेको भएपनि हाल इराकमा करिब ५० हजार नेपालीहरु रहेको पाइन्छ । 

इराकको कुर्दिस्तान, दोहक, सुलेमानी, बग्दाद लगायतका सहरमा नेपाली दलालहरुले अमेरिकी डलर ६ सयभन्दा बढि कमाइ हुने भन्दै झुट्टो आश्वसन दिँदै नेपालीहरुलाई नै फसाउदै आएका छन् । हाल, नयाँ गन्तव्यका रुपमा दलालहरुले इराकको बग्दाद सहरलाई नेपाली दलालहरको नयाँ गन्तव्यका रुपमा हेर्दै आएका छन् । 

कसरी आउँछन् नेपालीहरु इराकमा !

सामान्यतया, १ हप्तामा सयुक्त अरब इमिरेट (दुबई)को भिषा हात लाग्छ । २८ दिनकोे भिषा लगाएर नेपालीहरु करिब एक हप्ताको आउने–जाने टिकटसहित दुवई आउछन् । दुवई आउँदा नै उनीहरुसँग इराकको भिषा साथमा हुन्छ ।

इराक आउनका लागी नेपालमा नै सक्रिय रुपमा रहेका ट्राभल एजेन्टहरुको फन्दामा परि राम्रो तलब पाउने आशामा दलालले भनेको जति पैसा (४ हजार डलर) तिरेर उनीहरु दुवई आउछन् । दुवई आएपछि ट्राभल एजेन्टको सम्पर्कमा रहेका व्यतिmहरुले उनीहरुलाई इराकको भिषा, टिकट लगाएतका डकुमेन्टहरु इराक आउनेलाई दिन्छन् । तर, प्रायः नेपालको विमानस्थल प्रयोग गर्दै दुवई आउनेको साथमा भने इराक आउनका लागि आवश्यक पर्ने डकुमेन्टहरु उनीहरुले साथमा नै ल्याउने गर्छन् ।

दुवईको खास गरि सारजाह विमानस्थलमा उनीहरुको ट्राजिन्ट विन्दु हुने गर्छ । सारजाह विमानस्थलमा आएपछि भिषा र टिकट हुनेहरु इराक आउछन् । साथमा ट्राभल भिषा र टिकट नहुनेहरु केहि समय दुवईको सारजाह एरियाका विभिन्न क्याममा नेपाली एजेन्टहरुले राख्ने गर्छन् । 

कस्तो छ इराकमा

नेपाली दलालहरुले इराकका विभिन्न शहरहरुमा राम्रो तलबको आशा देखाउदै नेपालीहरुलाई यहाँ ल्याउने गर्छन् । तर, यहाँ दलालले भनेको जस्तो पाउन मुस्किल छ । राम्रो तलब पाउने आशामा २ वर्ष अघि इराक आएका सिन्धुपाल्चोकका राम तामाङ अहिले अकमा (अस्थायी परिचय–पत्र) नविकरण नहुदाँ समस्यामा परेका छन् ।

भन्छन् ‘दलालले राम्रो तलब हुन्छ भनेर विश्वास दिलायो, दलालको विश्वास मान्दै यहाँ आए, यहाँ आएको २ महिनामा दलालले बेपत्ता भयो, पछि गाउँको साथीहरुको सहयोगमा अकमा त भन्यो तर भनेको जस्तो तलब पाउन सकिन  । दलालले भनेको जस्तो तलब नपाएपनि ४ सय डलरको काम भने पाए’ उनले गुनासो गरे ।

इराकको सुलेमानी, ईरर्विल, दोहक शहरमा नेपालीहरु बाक्लो मात्रामा रहेका छन् । उनीहरु आफ्नो ब्यवसाय मात्रै गरेका छैनन् । प्राय, नेपालीहरु अहिले तरकारी खेति, तरकारी पसल, मासु पसल, होटल तथा रेष्टुरेन्ट लगायतका व्यवसायहरु गर्दै आएका छन् । 

१० हजार डलरमा बेचिन्छन् नेपाली युवती

इराकमा प्रायः सिन्धुपाल्चोक, धादिङ, नुवाकोटका युवतीहरु धेरै छन् । उनीहरु गैरकानूनी बाटो हुँदै इराक आएका हुन् । उनीहरु श्रीलङ्का, भारतका विभिन्न सहर हुँदै यहाँ आएका हुन् । इराकका विभिन्न सहरमा आएपछि उनीहरुलाई नेपाली दलालले इराकी नागरकिलाई ५ हजार अमेरिकी डलर देखि १० हजार अमेरिकी डलरमा बेच्दै आएका छन् ।
रोजगारीका लागि गैरकानूनी बाटो हुँदै इराकको बगदादमा ४ वर्ष घरमा काम गरि हाल ईरर्विलमा बस्दै आएकी नुवाकोटकी परि तामाङ (नाम परिर्वतन) लाई दलालले ७ हजार डलरमा बेच्यो । उनी ४ वर्षसम्म घरमा काम गरिन् । घरमा काम गर्दा गर्दै दोलखाका रामकुमार तामाङसँग बाक्लो कुराकनी हुँदै आयो । पछि रामकुमारले उनलाई ३ हजार अमेरिकी डलर घर मालिक (कपिल) लाई दिएपछि उनी बाहिर आउन सकिन । 

अहिले इराकको ईरर्विल, सुलेमानी, दोहक लगायतका क्षेत्रमा नेपाली युवतीहरु प्रायः भारतीय, बंगालादेश, नेपाली लगायातका युवाहरुसँग लिभिङ टुगेरमा बस्छन् । उनीहरु प्रायः घरबाट बाहिर निस्किए पछि यसरी अन्य देश तथा नेपालीहरुसँग बस्दै आएका छन् ।

दलालको फन्दामा परि नआउनु होला इराकमा 

बैदेशिक रोजगारकिा लागि नेपालीहरु विश्वका विभिन्न सहरमा आफ्नो गन्तव्य बनाउँदै आएका छन् । पछिल्लो ५ वर्षमा मात्रै इराकमा करिब ३० हजार नेपाली इराकमा आएको यहाँ सक्रिय रुपमा कार्यारत संस्थाहरुले दावी गदै आएका छन् ।

सिरियामा भएको द्वन्द्वका कारण प्राय सिरियनहरु इराक आएपछि नेपालीहरुको रोजगारी गुमेको छ । सिरियनहरु प्राय ३–४ सय डलरमा काम गर्छन् । १ हजार डलरमा काम गर्दै आएका नेपालीहरु सिरियाको द्वन्द्वका कारण अहिले ३–४ सय डलरमा काम गर्न बाध्य छन् । 

नेपालमा हुने र इराकमा ल्याउने नेपाली दलालले तपाईलाई ६ सय अमेरिकी डलर भन्दा बढि तलव हुन्छ भन्दै यहाँ ल्याउछन्, तर ३ महिना देखि १५ महिनासम्म काम नगरि कोठामा नै सुत्दै आएका नेपालीहरु अहिले करिव १५ हजार भन्दा बढि रहेको दावी गरिएको छ । राम्रो तलव, राम्रो हावापानी देखि यहाँ डलर पाउछं भनेपछि प्राय नेपालीहरु यहाँ आउन सक्ने गरी दलाललाई विश्वास गरि आउछन, तर यहाँ आएपछि उनीहरुबाट हुने व्यवयाहारबाट मात्र थाहा पाउछन् । 

सोचे जस्तो छैन इराकमा

तपाई रोजगारीका लागि इराक आउन लाग्नुभएको छ भने, सबैभन्दा पहिला यहाँको केहि कुरा थाहा पाउनुपर्ने हुन्छ । पहिलो, तपाईलाई अंग्रेजी राम्रोसँग बोल्न जान्नु पर्छ, या अरेविक भाषामा राम्रो ज्ञान भएको हुनुपर्छ ।

तर, तपाईले अरेविक भाषा बोल्न जान्दैमा तपाईलाई सहज हुन्छ भन्ने छैन । किनकी यहाँका प्रायः मान्छेहरु कुर्दि भाषा बोल्ने गर्छन । यो भाषा अरेबिक भाषा भन्दा भिन्न खालको छ । जस्तो  कि नेपाली र कुर्दि भाषा एकै किसिमको भएपनि बोलाई र बुछाई निकै नै भिन्न खालको छ । 

दोसो, इराकको ईरर्विल भित्रको कुर्दिस्तान क्रियश्नहरको बाक्लो बस्ती छ । यहाँ दुईवटा एरिया छ । पहिलो क्रियश्नहरुको बाक्लो बस्ति भएको र आर्को, मुस्लिमहरको बस्ति भएको एरिया । यहाँको सबैभन्दा राम्रो पक्ष भनेको ट्याक्सी डाईभर हुन् । यहाँ ट्याक्सी चलाउनका लागि कुर्दिहरु बाहेक अरुलाई अनुमति छैन । तपाई कतै जानुपर्यो भने तपाई ट्याक्सी डाईभरसँग कुरा गर्न सक्नुहुन्छ । प्रायः ५ किलोमिटरको भागमा ५ हजार कुर्दी डिनार भन्यो भने तपाई उसलाई ३ हजार भन्नुभयो भने उसले सहजै मान्छ । 

अर्को कुरा भनेको विश्वको सबैभन्दा कम मूल्यको पैसा भनेको यहाँको हो । १ सय नेपाली रुपैयाँको इराकको १ हजार डिनार हुन्छ । तर, यहाँ अमेरिकी डलर बढि चल्छ । त्यसैले कुनैपनि दलालको फन्दामा परि यहा आउने प्रायः पछि समस्यामा परेका हुन्छन् । पहिलो त यहाँ आउनका लागि नेपाल सरकारले अनुमति दिएको छैन । दोसो, यहाँ कुनै पनि कुटनीतिक नियोग छैन । त्यसैले, यहाँ आएपछि समस्यामा परेमा यहाँ समाजिक क्षेत्रमा काम गर्दै आएका समाज संस्थाहरुको पहलमा तपाई उद्धार त गर्न सकिन्छ तर भनेको जस्तो सजिलो छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?