विप्लवको बन्दले छोएन नेकपा अध्यक्ष प्रचण्डलाई, आराम गर्न भन्दै पुगे सुकुटे

सिन्धुपाल्चोक । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आरामका लागि भन्दै सिन्धुपोल्चोकको सुकुटे पुगेका छन् । 

नेकपा अध्यक्ष प्रचण्ड पत्नी सीता दाहाल र नेकपा नेता तथा सिन्धुपाल्चोकबाट निर्वाचित सांसद अग्नि सापकोटासहित बिहीवार दिउँसो सुकुटे पुगेका हुन् ।

प्रचण्ड सुकुटे बीच रिसोर्टमा बस्नेछन् । 

यता प्रतिबन्धीत नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वका नेकपा समूहले आज आह्वान गरेको नेपाल बन्दले देशभरका जनजिवन प्रभावित भइरहेका बेला नेकपा अध्यक्ष प्रचण्ड एका–एक आरामका लागि भन्दै सुकुटे पुगेका हुन् । 

विप्लवको बन्दका कारण राजमार्गमा सवारी साधन कम चलेका छन् भने देशभर शंकास्पद वस्तु बम भेटिने क्रम जारी छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?