राप्रपाका डेढ दर्जन नेता तथा कार्यकर्ता रत्नपार्कबाट पक्राउ

काठमााडौं । धर्मनिरपेक्षताको विरोधमा उत्रिएको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालका डेढ दर्जन कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ । 

अध्यक्ष कमल थापाको नेतृत्वमा काठमाडौं उपत्यकाको रत्नपार्कमा धर्मनिरपेक्षता ब्यानर र पोष्टर जलाउने क्रममा प्रहरीले राप्रपाका डेढ दर्जन नेता तथा कार्यकर्ताहरुलाई प्रहरीले पक्राउ गरेको हो । 

राप्रपाका  महामन्त्री राजेन्द्र लिङदेन ब्यानर र पोष्टर जलाउन झापा पुगेका थिए । 

शुक्रवार दिउँसो २ बजेपछि काठमाडौंको रत्नपार्कमा भेला भएका अध्यक्ष थापा, वरिष्ठ नेता दीपक बोहरासहितका राप्रपा कार्यकर्ताहरुले धर्मनिरपेक्षता लेखिएको ब्यानर जलाउन खोज्दा प्रहरीले हस्तक्षेप गरी उनीहरुलाई नियन्त्रणमा लिएको हो । प्रहरी र प्रदर्शनकारीबीच केही बेर झडप समेत भएको थियो । 

पक्राउ परेकाहरुलाई भृकुटीमण्डपस्थित नेपालपुलिस क्लबमा राखिएको छ । अहिले प्रदर्शनकारीहरु पुलिस क्लब अघि पुगेर उनीहरुलाई रिहाइको माग गर्दै नाराबाजी गरिरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?