७० औँ वार्षिकोत्सवका अवसरमा परराष्ट्रमन्त्रीमा विशेष साङ्गीतिक कार्यक्रम

काठमाडौं । नेपाल र फ्रान्सबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ७० औँ वार्षिकोत्सवका अवसरमा आज (आइतवार) राजधानीमा विशेष साङ्गीतिक कार्यक्रम हुँदैछ ।

नेपाल र फ्रान्स सरकारले पारस्परिक दौत्य सम्बन्ध स्थापना भएको ७० औँ वार्षिकोत्सव यो वर्ष नेपाल र फ्रान्समा विविध कार्यक्रम आयोजना गरी मनाउने निर्णय गरेअनुरुप आज फ्रान्सको प्रख्यात साङ्गीतिक फ्राङ्क बेरेन्डेको टोलीले विविध साङ्गीतिक कार्यक्रम प्रस्तुत गर्ने परराष्ट मन्त्रालयले जनाएको छ । 

सोही कार्यक्रममा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, नेपालका लागि फ्रान्सका राजदूत फस्वा जाभिए लेजे र ७० औँ वार्षिकोत्सवका निम्ति नेपाल र फ्रान्सकी सद्भावनादूत शृङ्खला खतिवडाले विशेष सम्बोधन गर्ने छन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?