काठमाडौं । भारतको नयाँ दिल्लीबाट काठमाडौं आउँदै गरेको ना ४ ख ७२४५ नम्बरको बसमा विस्फोट पदार्थ फेला परेको छ ।
सशस्त्र प्रहरी बल बेस क्याम्प डुडेझारी कैलालीले शुक्रवार राति करिब १२ः४५ बजेतिर बसबाट बम बनाउन प्रयोग हुने सामान ठूलो मात्रमा बरामद गरेको हो ।
बेस क्याम्पका प्रमुख सशस्त्र प्रहरी नायब उपरिक्षक (डिएसपी) नेत्र केसीका अनुसार बसमा बम र अन्य हतियार बनाउन प्रयोग गरिने डिटोनेटरपनि बरामद गरेको बताए । साथै ल्यापटप दुई थान, रेडिमेड कपडा, बेल्टलगायतमा अन्य सामाग्रीहरु समेत प्रहरीले बरामद गरेको डिएसपी केसीले जानकारी दिए ।
शुक्रवार राति बस चेकजाँच गर्ने क्रममा प्रहरीले सो सामान नियन्त्रणमा लियो । प्रहरीले नियन्त्रणमा लिएको उक्त सामान विस्फोटन पदार्थ हो भने नै प्रहरीलाई थाहा थिएन र बसलाई त्यहाँबाट जान दियो ।
तर, शनिवार बिहानपख सामान खोलेर हेर्दा डिटोनेटर लगायतका विस्फोटक पदार्थ फेला पर्यो ।
त्यसपछि उक्त बसलाई रोक्न सशस्त्र प्रहरी बल बेस क्याम्प डुडेझारी कैलालीले अन्य जिल्लाका प्रहरी युनिटलाई सूचना प्रवाह गरेको थियो ।
बस नवलपरासीमा प्रहरीले रोक्यो । बसबाट बरामद गरिएका विस्फोटन पदार्थहरु जिल्ला प्रहरी कार्यालर्य कैलालीलाई बुझाउने तयारी भइरहेको डिएसपी केसीले जानकारी दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया