समाजवादी फोरमको प्रदेश अधिवेशन विराटनगरमा हुने

विराटनगर । सङ्घीय समाजवादी फोरम नेपालको विराटनगरमा हुने प्रदेश नं १ प्रथम एकता अधिवेशनको सम्पूर्ण तयारी पूरा भएको छ । सो पार्टीको प्रदेश नं १ तदर्थ समितिद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा यही वैशाख १५ र १६ गते हुने अधिवेशनमा प्रदेशका १४ जिल्ला समन्वय समिति र १३७ पालिकाबाट ५१६ जना प्रतिनिधिको सहभागी हुने जानकारी गराइयो । 
 
अधिवेशनले नयाँ कार्यसमिति चयन गर्नुका साथै संविधान संशोधनको माग नै मुख्य मुद्दा हुने तदर्थ समिति अध्यक्ष भूपेन्द्र नेमाङ लिम्बूले बताए। समितिका उपाध्यक्ष राजकुमार यादवले पहिचानसहितको सङ्घीयता, समानुपातिक समावेशीकरणजस्ता सैद्धान्तिक विषयलाई अधिवेशनमार्फत व्यवस्थित र व्यापक बनाउन जनसङ्गठनलाई परिचालन गरिनेछ भने ।

अधिवेशन सम्पन्न गर्न रु १२ लाख खर्च हुने जनाइएको छ । सङ्घीय समाजवादी फोरमका अध्यक्ष एवं स्वास्थ्य तथा उपप्रधानमन्त्री उपेन्द्र यादवले अधिवेशनको उद्घाटन गर्ने कार्यक्रम रहेको छ । 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?