वरिष्ठ साहित्यकार बसन्तकुमार शर्मा नेपालको  निधन

काठमाडौं । वरिष्ठ साहित्यकार बसन्तकुमार शर्मा नेपालको शनिवार निधन भएको छ । मुटुलगायतका विभिन्न रोगबाट थलिएका उनको कुमारीगालस्थित निवासमै ९७ वर्षको उमेरमा निधन भएको हो । 

नेपालकै सबैभन्दा ठूलो शब्दकोष ‘नेपाली शब्दसागर’ का लेखक उनको दर्जनौ साहित्ससम्बन्धी पुस्तकहरु प्रकाशित छन् । उनले ‘नेपाली शब्दसागर’ लेखनमा मात्रै १५ वर्ष खर्चिएका थिए । 

स्वर्गीय शर्माको श्रीमतीसहित चार छोरी र ४ छोरा छन् ।

 उनको आजै हिन्दु परम्पराअनुसार पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिने जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?