प्रधानमन्त्री ओलीको सम्बोधन, ‘दक्षिणाको लोभमा ज्योतिषीहरु प्रयोग भयो’

बुटवल । प्रधानमन्त्री केपी शर्मा ओली ज्योतिषीहरु प्रति आक्रोश भएका छन् । 

शनिवार जितगढीमा आयोजित विजयोत्सव दिवस समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले दक्षिणाको लोभमा ज्योतिषीहरुले बकवास कुरा बोल्दै हिडेको प्रति आक्रोशित भएका हुन् । साथै दक्षिणाको लोभमा ज्योतिषीहरु प्रयोग भएको भन्दै उनले भ्रममा नपर्न सबैमा आग्रह गरे ।

प्रधानमन्त्री ओलीले भने, ‘जनतामा जान छाडेर कतिपय दक्षिणावाला ज्योतिषीलाई उचाल्दै यसो भन्दिनुर्पयो भन्न थालेका छन् तर, कोही भ्रममा पर्ने छैन ।’

उनले थप्दै भने, ‘असार लागेपछि के हुन्छ, पानी पर्छ ।’

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र विप्लव समूहतर्फ संकेत गर्दै उनले भनेले भने, ‘राप्रपाले धर्मका नाममा राजनीतिलाई अल्मल्याउन खोज्दै छ । त्यस्तै संविधान विरोधी र अपराधपूर्ण क्रियाकलाप समेत भइरहेका छन्, त्यस्ताको वहकावमा नलाग्न म आग्रह गर्छु ।’

मुलुकले सुशासन र विकासको बाटो अघि बढेको बताउँदै प्रधानमन्त्री ओलीले भने, ‘नेपाल दुनियाँको गरीब देश हो भन्ने पहिचान बदल्ने आफ्नो अभिष्ट हो, समृद्ध नेपाल सुखी नेपाली नारा त्यत्तिकै अघि नसारिएको होइन ।’

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?