७८ किलो अवैध सुन बरामददेखि समुदाय प्रहरी साझेदारीसम्म, आईजीपी खनालले एक वर्षमा के–के गरे ? (पूर्णपाठसहित)

काठमाडौं । नेपाल प्रहरीले संगठनको संघीय संरचनाको व्यवस्थापनलाई प्राथमिकतामा राखेको छ । यस्तै प्रहरी कर्मचारीको व्यवसायिकता, पारदर्शिताका साथै मानवअधिकारको रक्षा, संगठीत अपराध नियन्त्रण, प्रहरी कर्मचारीको वृद्धिविकासलगायतका विषयलाई पनि प्रहरीले प्राथमिकतामा राखेको छ।  

नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) सर्वेन्द्र खनालले सोमबार प्रहरी प्रधान कार्यालयमा पत्रकार सम्मेलन गरी संगठनको प्राथमिकता, योजना र एक वर्षे कार्यकालको फेहरिस्त सार्वजनिक गरेका छन्  । 

उनले एक वर्षको अवधिमा “समुदाय(प्रहरी साझेदारी”: राष्ट्रव्यापी सञ्जाल र अपराध रोकथाममा प्रणालीगत सुधार भएको, संगठित र पेशेवर आपराधिक गतिविधि नियन्त्रण भएको, सशस्त्र एवं बिध्वंसात्मक गतिविधिमा प्रभावकारी प्रहरी कारबाही र नियन्त्रण भएको, प्रभावकारी प्रहरी परिचालनद्वारा कानून र व्यवस्था कायम भएको, नयाँ मुलुकी अपराध संहिताको वस्तुनिष्ठ कार्यान्वयन भएको, सुरक्षा क्षेत्रमा क्षेत्रीय तथा अन्तर्रा्ष्ट्रिय सहयोग अभिवृद्धि भएको, विशिष्टिकृत अनुसन्धान ईकाईहरुको स्थापना भएको, सांगठनिक व्यवस्थापनमा सूचना प्रविधिको विकास भएको, आर्थिक अनुशासन र आन्तरिक सुपरिवेक्षण प्रणालीमा सुधार भएको उल्लेख गरेका छन् । 

यस्तै सामुदायिक सचेतना कार्यक्रम तर्फ जम्मा २,८५९ कार्यक्रम गरेर ४ लाख ३२ हजार ८२५ को सहभागिता रहेको जानकारी दिए । 

२९४ सार्वजनिक सुनुवाई  गरिँदा स्थानीय तह, समुदाय र साझेदार संघ संस्थाहरू र नागरिक समाजको सहभागिता रहेको भन्दै उनले वातावरण संरक्षण र सरसफाइलाई प्रोत्साहन गर्न साझेदारी अनुरूप सरसफाइ कार्यक्रमहरू सञ्चालन गरिएको पनि जानकारी दिए । 

यसैगरी जोखिम न्यूनीकरण, अपराध न्यूनीकरण लगायतका कार्यमा पनि प्रहरी निकै सफल भएको भन्दै त्यसबारे विभिन्न तथ्य समेत प्रस्तुत गरे । 

खनालले एक वर्षमा ७८ किलो ८७६ ग्राम अवैध सुन बरामद गरिएको भन्दै जसबाट ४५ करोड ४ लाख ६० हजार ६५ राजश्व असुली भएको जानकारी दिए । 

सुन तस्करीमा १३७ जना समातिएको पनि खनालले जानकारी दिए । 

खनालले एक वर्षमा गरेका कामको फेहरिस्त यस्तो छः–

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?