ससुरालीमा ढुङ्गा प्रहार गरी श्रीमान्को हत्या

पाल्पा-पाल्पामा ढुङ्गा प्रहार गरी श्रीमतीले श्रीमान्को हत्या गरेकी छिन् । रैनादेवी छहरा गाउँपालिका–३ छचुवामा आज ३९ वर्षीय मङ्गला कुमालले ४० वर्षीय श्रीमान् लोकबहादुर कुमाललाई ढुङ्गा प्रहार गरी हत्या गरेकी हुन् ।

श्रीमतीको ढुङ्गा प्रहारबाट घाइते भएका लोकबहादुरलाई उपचारका लागि मिसन अस्पताल पाल्पामा पु¥याएपछि उनको मृत्यु भएको प्रहरी निरीक्षक देवराज पौडेलले जानकारी दिनुभयो । अर्घाखाँचीको पाणिनी गाउँपालिका–२ घर भई ससुरालीमा आएका बखत श्रीमतीको ढुङ्गा प्रहारबाट लोकबहादुरको मृत्यु भएको हो । मङ्गलालाई प्रहरीले पक्राउ गरेको छ । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?