रिना हत्या प्रकरण : प्रहरीद्वारा प्रर्दशनकारीमाथि अश्रुग्यास प्रहार

काठमाडौं । मोरङको पथरीमा मृत भेटिएकी रिना बस्नेतको हत्याको यर्थाथ छानबिनको माग गर्दै स्थानीयले निकालेको प्रदर्शनमा झडप भएको छ । 

स्थानीयवासीले गत शनिवार नग्न अवस्थामा मृत भेटिएकी रिनाको छानबिन गर्न निकालेको प्रदर्शनमा झडप भएको हो । स्थानीयवासीले ढुंगामुढा प्रहार गर्दै नगरपालिकामा तोडफोड गरेपछि स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले अश्रुग्यास प्रहार गरेको हो । 

जिल्ला प्रहरी कार्यालय, मोरङका प्रमुख एसपी मनोजकुमार केसीले दिएको जानकारी अनुसार प्रदर्शनकारी उग्र बनेपछि अश्रुग्यास प्रहार गरिएको हो । अहिले स्थिति नियन्त्रणमा आइसकेको उनले बताए । 

पथरी उद्योग बाणिज्य संघले रिना हत्याको विरोधमा मंगलवार बजार बन्द समेत गराएको छ । प्रहरीले भने घटनाको अनुसन्धानका क्रममा रिनाका प्रेमी भनिएका एक व्यक्तिलाई सोधपुछका लागि नियन्त्रणमा लिइसकेको छ । 

प्रारम्भिक अनुसन्धान रिनाको बलात्कारपछि हत्या भएको हुनसक्ने आशंका गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?