महाधिवेशन तत्काल गर्न राजपा नेताद्वारा नेतृत्वलाई दबाव शुरु

काठमाडौं । राष्ट्रिय महाधिवेशन तत्काल गर्न राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका नेताहरुले दबाव दिन शुरु गरेका छन् । 

तीन दिनदेखि काठमाडौंको पार्टी कार्यालय बबरमहलमा जारी बैठकमा राजपा नेताहरुले पार्टीको राष्ट्रिय महाधिवेशन तत्काल गर्न नेतृत्वलाई दबाव दिन शुरु गरेका हुन् । 

बैठकमा अधिकांश नेताहरुले राष्ट्रिय महाधिवेशन छिटोभन्दा छिटो सम्पन्न गर्न पार्टी नेतृत्वलाई सुझाव दिएको महासचिव केशव झाले जानकारी दिए । 

साथै बैठकमा उपस्थित नेताहरुले महाधिवेशन गर्न ढिलाई गर्न नहुनेमा जोड दिएका छन् । 

त्यस्तै बैठकमा राष्ट्रिय जनता पार्टी, नेपाल र उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम, नेपालसँग पार्टी एकताका विषयमा समेत छलफल भइरहेको पनि महासचिव झाले जानकारी दिए । 

साथै केपी शर्मा ओली नेतृत्वको सरकारलाई गरेको समर्थन फिर्ता लिएको राजपाले सरकारविरुद्धको आन्दोलनको कार्यक्रमलाई कसरी अघि बढाउनेबारे समेत बैठकमा छलफल भएको महासचिव झाले जानकारी दिए । 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?