४ वर्षमा ४५ हजार परकम्प

काठमाडौँ — २०७२ सालको गोरखा भूकम्पपछिका चार वर्षमा ४५ हजारवटा परकम्प आएका छन् । भूकम्पविद्हरूका अनुसार अहिले आइरहेका कम्पनहरू भूकम्प नभएर ‘आफ्टरशक’ अर्थात् परकम्पन हुन् ।

२०७२ वैशाख १२ मा गोरखाको बारपाकलाई केन्द्रविन्दु बनाएर ७.६ म्याग्निच्युडको भूकम्प गएको थियो । अमेरिकी वैज्ञानिक संस्था यूएसजीएसले भने उक्त भूकम्पलाई ७.८ म्याग्निच्युड भनेको छ ।
खानी तथा भूगर्भ विभागका महानिर्देशक एवं भूकम्पविद् डा. सोमनाथ सापकोटाका अनुसार २०७२ वैशाख १२ को भूकम्पले मर्स्याङदीदेखि सुनकोसी नदीसम्मको जमिनभित्र हल्लाएर धाँजाधाँजा पारेको थियो । अहिले तिनै स्थानमा परकम्प गइरहेका हुन् । बुधबार बिहान दुईपटक धादिङको नौबिसेलाई केन्द्रविन्दु बनाएर गएका पनि भूकम्प नभई परकम्प नै हुन् । कान्तिपुर दैनिकमा खबर छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?