बालविवाह गराउने ५ जना प्रहरी नियन्त्रणमा

सप्तरी । सिरहाबाट जनकपुरमा आएर बालविवाह गराउनेलाई करिब आधा दर्जनलाई प्रहरीले पक्राउ गरेको छ ।

जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर १० स्थित रामजानकी विवाह मण्डपबाट बालविवाह गर्न लागि रहेको अवस्थामा बेलुलीको बुवालगायत ५ जनालाई प्रहरीले पक्राउ गरेको हो ।

सिरहा बरियारपट्टी गाउपालिका वडा नम्बर ५ हरिपुर टोल बस्ने ५० वर्षिय जिवेन्द्र नारायण यादवले सिरहाको औरही गाउपालिका वडा नम्बर ३ खजनपुर बस्ने हरी नारायण यादवको १० वर्षीया छोरी विभाकुमारी यादवसँग विवाह गर्न लागेको भन्ने सूचना प्रहरी चौकीमा प्राप्त भएपश्चात सोही चौकीबाट खटिएका प्रहरी टोलीले बेहुलीको बुवा हरी नारायण लगायत विवाह गर्न लागेका जिवेन्द्र नारायण यादवसहित दुवै पक्षका ५ जनालाई पक्राउ गरेको हो ।

पक्राउ परेका सबैजनालाई आवश्यक कारवाहीको लागि जिप्रका धनुषा पठाइएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको प्रदेश नम्बर २ का प्रदेश प्रहरी प्रवक्ता दानबहादुर कार्कीले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?