वैशाख १२ गते दिनभर देशमा के भयो ? १८ ट्रेन्डिङ समाचार थाहा पाउनुहोस् एक क्लिकमा

WWW.LOKPATH.COM अनलाईन न्यूज पोर्टलमा तपाईंलाई हार्दिक स्वागत छ ।

आज मिति २०७६ सालमा वैशाख १२ गते देश दुनियाँमा के–के घटना भए  ? जान्नको लागि तलको लिंकमा क्लिक गर्नुहोस् र ५ मिनेटमा थाहा पाउनुहोस् देशभर भएका घटनाहरुमध्ये ट्रेन्डिङमा रहेको १८ घटनाहरु । यूट्युवमा गएर LOKPATH TV  टाईप गरी हाम्रा सम्पूर्ण समाचार मूलक, जानकारी मूलक मनोरञ्जनात्मक भिडियोहरु हेर्न सक्नुहुन्छ । अन्तमा  LOKPATH TV  लाई सब्स्क्राईब गर्न नबिर्सनुहोस् । 

 

1.  ४ वर्षमा ४५ हजार परकम्प  :   काठमाडौँ — २०७२ सालको गोरखा भूकम्पपछिका चार वर्षमा ४५ हजारवटा परकम्प आएका छन् । भूकम्पविद्हरूका अनुसार अहिले आइरहेका कम्पनहरू भूकम्प नभएर ‘आफ्टरशक’ अर्थात् परकम्पन हुन् । २०७२ वैशाख १२ मा गोरखाको बारपाकलाई केन्द्रविन्दु बनाएर ७।६ म्याग्निच्युडको भूकम्प गएको थियो । अमेरिकी वैज्ञानिक संस्था यूएसजीएसले भने उक्त भूकम्पलाई ७।८ म्याग्निच्युड भनेको छ । 

 

 

2.  ७२ सालको भूकम्पमा सेनाले उद्धार गरेका बालक सोनिस अवाल यस्ता भए (भिडियोसहित )  :   सोनिस अवाललाई वि सं २०७२ सालको महाभूकम्पमा २२ घण्टापछि सकुशल उद्धार गरिएको थियो । ४ महिनाको बालक २२ घण्टासम्म भग्नावशेषमा पुरिदा पनि जीवित हुनुलाई धेरैले चमत्कार भनेका थिए । कतिले उक्त घटनालाई भगवानको लिला पनि भने । 

 

 

3.  प्रधानमन्त्रीले भने, ‘एक वर्षभित्र पुनर्निर्माणको काम सकिन्छ’
प्रधानमन्त्री केपी शर्मा ओलीले क्षतिग्रस्त संरचना पुनर्निर्माणको काम आगामी एक वर्षभित्र पूरा हुने दाबी गरेका छन् । महाविनाशकारी भूकम्प गएको आज ९बिहीवार० चार वर्ष पूरा भएको ।

 

4.  तङ्ग्रिदै क्षतिग्रस्त खेल संरचना  :  विनाशकारी भूकम्प गएको आज ‘बिहीवार’ ठ्याक्कै चार वर्ष पूरा भएको छ ।७ दशमदब ८ रेक्टर मापन गरिएको उक्त भूकम्पमा परि हजारौँको संख्यामा मानिसहरुले ज्यान गुमाए । 
 

 

5.  खुल्लामञ्च बिक्रीमा  ! अतिक्रमणविरुद्ध स्थानिय आन्दोलित    :  खुल्लामञ्चको अतिक्रमण रोक्न खुलामञ्च बचाउ अधिकार अभियानका अभियन्ता सडकमा निस्केका छन् । काठमाडौं महानगरपालिकासँगको ‘सेटिङ’मा खुलामञ्च अतिक्रमण गरिएको आशंका गर्दे उनीहरु सडकमा निस्केका हुन् ।

 

 

6.  मनोजकुमार भेटवाल जसले खुल्लामञ्च बिक्री गरे   :   काठमाडौंको ऐतिहासिक तथा सांस्कृतिक महत्वको खुल्लामञ्चलाई जलेश्वर स्वच्छन्द बिकोइ बिल्डर्स नामक ठेकेदार कम्पनीले बिक्री गरेको छ ।

 

7.  एकदिवसीय विश्वकप क्रिकेट अर्को महिनादेखि शुरु, १० राष्ट्रको राष्ट्रिय टिम तय  :  आईसीसी एकदिवसीय विश्वकप क्रिकेटका लागि सहभागी सबै राष्ट्रको राष्ट्रिय टिमको घोषणा भएको छ । उक्त एकदिवसीय विश्वकप क्रिकेट इंग्ल्यान्ड र वेल्सले संयुक्त आयोजना गर्न लागेको हो । 

 

8.  होसियार  ! नियम विपरीत सिमकार्ड बिक्री–वितरण गर्दै हुनुहुन्छ, परिएला प्रहरी फन्दामा :   तपाईं कतै नियम विपरित सिमकार्ड बिक्री वितरण गरिरहनुभएको छैन नी रु सिम कार्ड बिक्री वितरणलाई निरन्तरता दिइरहनुभएको छ त्यो काम आजबाटै छाड्नुहोस् । नत्र प्रहरीको फन्दामा पर्नसक्नुहुन्छ । प्रहरीले नियम विपरीत सिमकार्ड बिक्री–वितरण गर्ने दुई जनालाई पक्राउ गरेको छ । 

 

9.  अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको मैदान सम्याउने काम शुरु  :  चितवनको रामपुरमा बन्ने अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको मैदान सम्याउने काम शुरु भएको छ । डोजर र ग्रेडरले मैदानको मुख्य कालोपत्र बन्ने ठाउँ सम्याउन शुरु गरिएको हो । 

 

10.  तनहुँ जलविद्युत आयोजनाको बाँध बनाउन पुनः बोलपत्र   :   इटालीको ठेकेदार कम्पनी सिएमसीले काम नै शुरु नगरी अलपत्र पारेको तनहुँ जलविद्युत् आयोजनाको बाँध निर्माणका लागि नयाँ प्रक्रिया शुरु भएको छ । कूल १४० मेगावाट क्षमताको सो आयोजनाको बाँधलगायतका पहिलो प्याकेजका संरचना निर्माणका लागि आज पुनः विश्वव्यापी बोलपत्र आह्वान गरिएको प्रवद्र्धक तनहुँ हाइड्रोपावर लिमिटेडले जनाएको छ ।

 

11.  प्रदेश ५ मन्त्रीपरिषद् बैठक  :  विभिन्न घटनाका पीडित परिवारलाई राहत दिने निणर्य   :   प्रदेश नम्वर ५ को मन्त्रीपरिषदको बिहीवार बसेको बैठकले प्रदेश अन्तर्गतका विभिन्न जिल्लामा भएका विभिन्न घटनाका पीडित परिवारलाई राहत दिने निणर्य गरेको छ । प्रदेश सरकारले प्रदेश नम्बर ५ अन्तर्गतका जिल्लाहरुमा ०७४ फाल्गुन ३ गतेदेखि ०७५ पुस मसान्त सम्म विभिन्न कारणले मृत्यु भएका व्यक्तिहरुलाई राहत दिने निर्णय गरेको हो ।

12.  गृहमन्त्रीद्वारा विप्लवलाई मूलधारको राजनीतिमा आउन आग्रह  :  गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले विप्लव समूहको गतिविधि निस्तेज पार्न सरकार सफल भएको दाबी गरेका छन् । प्रदेश १ मा आयोजित सुरक्षा गोष्ठीलाई सम्बोधन गर्दै गृहमन्त्री थापाले विप्लव समूहलाई  मूलधारको राजनीतिमा ल्याउने प्रयासमा सरकार लागिरहेको पनि जानकारी दिए ।

 

13.  तस्वीरमा राष्ट्रपति भण्डारीको ‘ता सियान बौद्ध’ मन्दिरको अवलोकन  :  राष्ट्रपति विद्यादेवी भण्डारीले बिहीवार बिहान ता सियान बौद्ध मन्दिरको अवलोकन गरेकी छिन् । मन्दिर परिसरमा आइपुग्दा उनलाई त्यहाँका प्रमुख चेन किङले स्वागत गरेका थिए । साथै मन्दिरका विषयमा राष्ट्रपति भण्डारीलाई जानकारी दिइएको थियो ।

 

14.  श्रीलङ्कामा पुनः बम बिस्फोट, ३ सय ६० जनाको मृत्यु  :   श्रीलङ्काको राजधानी कोलम्बोबाट पूर्वतर्फको बाहिरी इलाकामा बिहीवार पुनः बम बिस्फोट भएको प्रहरीले जानकारी दिएको छ ।  स्थानीय समयानुसार बिहीवार भएको यस बम आक्रमणबाट कुनै मानवीय हताहतको खबर प्राप्त नभएको पनि प्रहरीले बताएको छ । 

 

15.  रुसी राष्ट्रपति पुटिन र उत्तर कोरियाली नेताबीच भेटवार्ता  :  सी राष्ट्रपति भ्लादिमिर पुटिन र उत्तर कोरियाली नेता किम जोङ–अनबीच रुसको सुदूरपूर्वी तटीय शहर भ्लादिभोस्तकमा भेटवार्ता भएको छ ।रुसी राष्ट्रपति पुटिनको मैत्रीपूर्ण निमन्त्रणमा उत्तर कोरियाली नेता किम बुधवार निजी रेलमा चढेर रुसको भ्लादिभोस्तक पुगेका थिए । 

 

16.  सुडान सङ्कट -तीन सैनिकको राजीनामा, व्यापक प्रदर्शनको तयारी :   सुडानको सत्तारुढ सङ्क्रमणकालीन सैनिक परिषदका तीन उच्च सैनिक अधिकारीहरुले आफ्नो पदबाट राजीनामा दिएका छन् । तर उनीहरुको राजीनामा स्वीकृत हुन बाँकी रहेको परिषदले जनाएको छ ।राजीनामा गर्नेहरुमा परिषदको राजनीतिक समितिको नेतृत्व गरहेका लेफ्टिनेन्ट जनरल ओमार जाइन अल–अबिदीन सहित लेफ्टिनेन्ट जनरलद्वय जलाल अल–दीन अल–शेख र अल–तायिब बबाकर अलि फादील हुन् । 

 

17.  निजी विद्यालयमा बढाइएको शुल्क खारेज, विरोधपछि ब्याक भयो महानगरपालिका (भिडियोसहित ) :  काठमाडौं महानगरपालिकाले निजी तथा संस्थागत विद्यालयमा गरेको शुल्क वृद्धिको निर्णय खारेज गरेको छ ।चौतर्फि आलोचना भएपछि महानगरपालिका प्रमुख विद्यासुन्दर शाक्यको अध्यक्षतामा बुधबार बसेको शिक्षा समितिको बैठकले शुल्क बढाउने निर्णय खारेज गरेको हो ।

18.  राजपा पदाधिकारी समिति बैठक स् महाधिवेशन र नेतृत्वको कार्यशैलीप्रति पदाधिकारीको आलोचना :  राष्ट्रिय जनता पार्टी (राजपा) नेपालको पदाधिकारी समितिको बैठक आज (बिहीवार) पनि जारी छ ।  बैठक पार्टी कार्यालय बबरमहलमा बिहान ११ बजेको लागि बोलाइएको हो । वैशाख ८, ९ र १० गते तीन दिनमा सक्ने भनिएपनि पहिलो दिन शोक प्रस्ताव पारित गरेर स्थगित भएको बैठक दोस्रो दिन अध्यक्ष मण्डलका नेताको धारणामा केन्द्रीत भएको थियो । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?