धनगढी विमानस्थलमा एक महीनाका लागि उडान बन्द

   कैलाली– धनगढी विमानस्थलमा झण्डै एक महीनाका लागि उडान बन्द हुने भएको छ । विमानस्थलको धावनमार्गको स्तरोन्नति र पार्किङ क्षेत्र विस्तार गरिने भएकाले यही वैशाख २२ गतेदेखि एक महीनासम्मका लागि उडान बन्द हुने विमानस्थलका प्रमुख तेजबहादुर बुढ्थापाले जानकारी दिए ।

उनले  उक्त सूचना नेपाल नागरिक उड्डयन प्राधिकरणको प्रधान कार्यालयलाई प्रकाशन गर्न आग्रह गर्ने निर्णय भएको बताए । विमानस्थलको धावनमार्ग र पार्किङ क्षेत्र विस्तारका लागि ठेक्का सम्झौतासमेत भइसकेको बुढ्थापाले उल्लेख गरे ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?