सिरहामा मट्टीतेल छर्केर एक महिलालाई जिउँदै जलाइयो : पति फरार, सासु नियन्त्रणमा

सिरहा । सिरहामा एक महिलालाई जिउँदै मट्टीतेल छर्केर आगो लगाइएको छ । 

बिहीवार सिरहा नगरापालिका ८ की २१ वर्षीया कञ्चनदेवी मण्डल खत्वेलाई मट्टीतेल छर्केर जिउँदै आगो लगाइएको हो । 

घरायसी विवादका कारण कञ्चन जिउँदै जलाउने मनसायले आगो लगाइएको प्रहरीको भनाइ छ ।  

प्रहरीका अनुसार कञ्चनकी सासुलाई प्रहरीले नियन्त्रणमा लिएको छ । तर, उनको पति भने फरार रहेको र खोजी कार्य जारी रहेको सिरहाका प्रहरी उपरीक्षक जीवन श्रेष्ठले बताए । 

आगोले कञ्चनको ८० प्रतिशत शरीर जलेको छ  भने उनको अवस्था गम्भीर रहेको जनाइएको छ । 

कञ्चनलाई उपचारको लागि विपि कोइराला विज्ञान प्रतिष्ठान धरान पठाएका थिए । तर, अवस्था गम्भिर भएको कारण उनलाई काठमाडौं रिफर गरिएको छ । 

शरीरको अधिकांश भाग जलेको कारण त्यहाँ उपचार सम्भव नभएपछि कञ्चनलाई काठमाडौं रिफर गरिएको अस्पताल स्रोतले जनाएको छ ।  
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?