झापामा चट्याङ लागेर एकको मृत्यु

विर्तामोड । झापामा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ । शुक्रवार बिहान २ः३० बजे पानीसँगै खसेको चट्याङ लागेर झापा भद्रपुर नगरपालिकामा एक जनाको मृत्यु भएको हो । 

मृत्यु हुनेमा भद्रपुर ६ का ३२ वर्षीय भीम राजवंशी रहेका छन् । 

आफ्नै घरमा सुतीरहेको समयमा राजवंशीलाई चट्याङ लागेको थियो । 

चट्याङ लागेर गम्भीर घाइते उनलाई उपचारका लागि अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका डीएसपी महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?